scheduleआइतवार कार्तिक ३ गते, २०७६

विविध कार्यक्रमसहित एनआरएनए क्युसुले मनायो दशैं

काठमाडौं, २२ असोज । गैर आवासीय नेपाली संघ जापान, क्युस्यु क्षेत्रीय कार्य समितिद्वारा नेपालीहरुको महान चाड बडादशैंको उपलक्ष्यमा टीकाको दिन दशैं कार्यक्रम सम्पन्न गरेको छ । विगतमा अन्य संस्थाहरुले दशैँ कार्यक्रम आयोजना गरेता पनि गत वर्षबाट एनआरएनए क्युस्युले दशैँ कार्यक्रम गर्दै आइरहेको छ ।

दशैंको अवसरमा नेपाली समुदायका बीचमा टीका ग्रहण, लोक दोहोरी, चिट्ठा कार्यक्रम, नेपाली दशैँ विशेष खानाहरुको व्यवस्था गरिएको थियो । कार्यक्रममा सहभागीहरुलाई प्रदान गरिएको टिकटको आधारमा चिठ्ठा कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा थप मनोरञ्जन गर्ने हेतुले ५ जना भाग्यशाली बिजेतालाई विभिन्न पुरस्कारको पनि व्यवस्था गरिएको थियो । प्रथम पुरस्कार वायरलेस स्पिकर, द्वितीय पुरस्कार स्मार्ट आईसि मोबाईल चार्जर, तृतीय पुरस्कार ईलेक्ट्रिक किट्ली, चौथो पुरस्कार चाईल्ड गितार र पाँचौ पुरस्कार मग बोतल रहेको थियो । प्रथम पुरकार बिजेता किरण रिजाल द्वितीय पुरस्कार बिजेता रेणु शाही, तृतीय पुरस्कार बिजेता तिलि सापकोटा, चौथो पुरस्कार बिजेता दिपक बास्तोला र पाँचौं पुरस्कार विजेता कमल बुढा रहेका थिए ।

उक्त गिफ्ट व्यवस्थापन भने कार्यसमितिका सह-सचिव बसन्त घर्ती मगरले गरेको थिए ।

यस वर्षको दशैँ कार्यक्रम नेपाली रेस्टुरेन्ट बुद्धमा दशैँ टीकाको दिन मंगलबार साँझ ४ बजेदेखि ८ बजेसम्म आयोजना गरिएको थियो ।

कार्यक्रममा एनआरएनए क्युस्युका संस्थापक सचिव एवं सल्लाहकार छत्र दाहाल, एनआरएनए क्युस्युका पूर्व संयोजक एवं सल्लाहकार किरण बर्मा, एनआरएनए जापानका सदस्य एवं क्युस्युका सल्लाहकार सुपेन्द्र घिसिङ्ग, जनजाती महासंघ क्युस्युका अध्यक्ष भीमबहादुर गुरुङ, फुनेसोका वरिष्ठ उपाध्यक्ष माधव सिग्देल, फुनेसोका उपाध्यक्ष शिव शर्मा, लोकोदोहोरी प्रतिस्थान जापानका उपाध्यक्ष पुर्षोत्तम सिग्देल, जनसम्पर्क समिति क्युस्युका सभापनि डिका कार्की लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संयोजन उपसंयोजक सचिन नेम्वाङले गरेका गरेका थिए भने कार्यक्रमको अध्यक्षता
गैर आवासीय नेपाली संघ जापान, क्युस्यु कार्यसमिति संयोजक देवराज उप्रेतीले गरेका थिए । कार्यक्रमा अतिथिहरुले नेपालको महान पर्व विजया दशमीको शुभकामना व्यक्त गर्दै कार्यक्रम आयोजक संस्था एनआरएनए क्युस्युलाई कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै दशैं कार्यक्रमजस्ता अन्य कार्यक्रमहरुको निरन्तरताको कामना गरेका थिए ।

कार्यक्रम सभापति देवराज उप्रेतीले सहभागीलाई धन्यवादसहित विजया दशमीको शुभकामना प्रदान गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage