scheduleबिहिवार मंसिर २६ गते, २०७६

सार्वजनिक भयो प्रथम रनिङ्ग कप भलिबल प्रतियोगिताको टाई-सिट

फुकुओका, २२ असोज । नेपाल आदिवासी जनजाती महासंघ क्युस्यु क्षेत्रीय कार्यसमितिकोआयोजनामा आयोजित प्रथम रनिङ्ग कप भलिबल प्रतियोगिताको टाई सिट एक पत्रकार सम्मेलनका बीच सार्वजनिक गरिएको छ ।

फुकुओका शहरको ओहासीमा अवस्थित बज्र रेस्टुरेन्ट सन् आइतबार आयोजित कार्यक्रममा टिम विभाजन, खेलको नियम, भलिबल खेल हुने स्थानहरुबारे खेलाडी तथा भलिबल टिमहरुलाई जानकारी गराइएको थियो । उक्त टाईसिप सार्वजनिकीकरणमा फुकुओकास्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, भलिबल प्रतियोगितामा भाग लिने खेलाडीहरु र पत्रकारहरु उपस्थिति रहेको थियो ।

नेपालका दुर्गम भेगमा पिछडिएर रहेका लोपोन्मुख जातिको सहयोगार्थ यो खेल प्रतियोगिता आयोजना गरिएको आयोजकले जिकिर गरेको छ । नेपाल आदिवासी जनजाति महासंघ क्युस्युका अध्यक्ष भीमबहादुर गुरुङले बताए ।

एनआरएनए क्युस्युका संयोजक देवराज उप्रेतीले आयोजक नेपाल आदिवासी जनजाती महासंघ क्युस्युलाई खेल आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा खेललाई व्यवस्थित गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतियोगितामा ११ टिम सहभागी हुने र खेल शुक्रबार हाकाता समिन सेन्टरमा आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage