scheduleमगलवार मंसिर ३ गते, २०७६

जापानमा लोक दोहोरी प्रतिष्ठानको देउसीभैलो

फुकुओका, २४ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाले आउँदै गरेको हिन्दू नेपालीहरुको महान् चाड तिहारको अवसरमा बृहत देउसीभैलो कार्यक्रम गर्ने भएको छ |

प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष तथा चर्चित गायक चन्द्र शर्माको विशेष उपस्थितिमा उक्त कार्यक्रम गर्न लागिएको कुरा अध्यक्ष सूर्य खड्काले जानकारी दिए । अधिवेशनपछि बनेको नयाँ कार्यसमितिले गर्न लागिको यो पहिलो कार्यक्रम राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जापान शाखाको कलाकार अक्षय कोष स्थापनार्थ गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ ।

देउसी भैलो जापानको मुख्य दुई सहरमा आयोजना हुनेछ । फुकुओकामा अक्टोबर २७ आइतबार र टोकियोमा २८ सोमबार हुनेछ । प्रतिष्ठान जापान शाखाका कलाकारहरुको संयुक्त र एकल प्रस्तुतिसँगै रमाउन टोकियो र फुकुओका दुवै ठाउँमा उपस्थित भइदिन नेपाली समुदायलाई संस्थाका सचिव माधव सिग्देलले अनुरोध गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage