scheduleमगलवार मंसिर ३ गते, २०७६

जीवन शर्मालाई सघाउन जापानमा सुरु भयो सहयोग संकलन अभियान

फुकुओका, ३० असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जापान शाखाले जनगायक जीवन शर्माको छोराको उपचार खर्चमा सहयोगमा जुटाउने अभियान सुरु गरेको छ । सधैंभरि घरको समस्या भन्दा देशकोलागि गीत गाउँदै आएका गाएक शर्मा अहिले निकै पीडामा परेका छन् । यसैक्रममा लोकदोहोरी प्रतिस्ठान जापान शाखाले कलाकार पीडामा परेको बेला कलाकारले सहयोग नगरे कसले गर्ने भन्दै सहयोग जुटाउन लागि परेको हो ।

यतिबेला प्रतिष्ठान जापान शाखाका सम्पूर्ण टिमले आ-आफ्नो तर्फबाट तथा अन्य समुदायसंग पनि अनुरोध गर्दै सहयोग जुटाउँदै गरेको अध्यक्ष सुर्य खड्काले बताए । खड्काले आफ्मो फेसबुक पेजमार्फत् गीत गाउँदै सहयोगको अपिल पनि गरेका छन् । साझापोष्टसँग कुरा गर्दै प्रतिष्ठान जापान शाखाका सचिव माधव सिग्देलले शुक्रबारसम्म सहयोग संकलन गरी हस्तान्तरण गरिने तयारी भइरहेको उल्लेख गर्दै थप सहयोगमा जुट्न अपिल गरेका छन् ।


सहयोगका लागि खाता नम्बर10100-48283631मा रकम जम्मा गर्न सकिने उनले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage