scheduleमगलवार मंसिर २४ गते, २०७६

जापानमा हराएका ठकुरीलाई खोजबिन गर्न परिवारको अपिल

फुकुओका, ९ कात्तिक । लामो समयदेखि जापानमा बस्दै आएर पछिल्लो समय परिवारसँग सम्पर्कविहिन बनेका सुवास सिंह ठकुरीको खोजबिन गरिदिन उनको परिवारले अपिल गरेको छ ।

ठकुरीका परिवारले जनाएअनुसार ६ फिट अग्लो २६ वर्षीय ठकुरीको स्थायी ठेगाना सुर्खेतको सिम्ता गाउँपालिका-६ हो । उनका पिता राजेन्द्र कुमार सिंहले सम्पर्कविहिन भएका छोराको तस्बिर र फेसबुक एकाउन्टसहित खोजी गरिदिन अनुरोध गरेका छन् ।

ठकुरी फुकुओकाको हाकातामा अवस्थित एफएलए जापानीज भाषा स्कुलमा भाषा पढ्न २०७२ को बैसाख १७ तारिखमा जापान आएका थिए ।
उनी भाषा स्कूल पढ्दापढ्दै स्कूलको पढाई छाडेर तोचिगी पुगेका थिए ।

उनको परिवारका अनुसार तोचिगी पुगेको लगभग १ वर्षपछि नायोगा गएको भन्ने खबर परिवारलाई पुगेको थियो ।

नायोगा पुगेलगत्तै सुवास परिवारसँग सम्पर्कविहिन भएको उनको परिवारले बताएको छ ।

छोरा हराएपछि ठकुरीका पिताले एनआरएनए क्युस्युका संयोजक देवराज उप्रेतीलाई खोजिदिन फुकुओकामा बसोबास गर्ने ओकिल चन्दमार्फत् आग्रह गरेका छन् ।

संयोजक उप्रेतीले ठकुरीलाई खोजी गर्न जापानीज प्रहरीलाई घटनाबारे विस्तृत जानकारी दिइसकेको जानकारी दिए । उप्रेतीले कोहीकसैले देखे वा फेला पारेमा सूचना दिन वा एनआरएन क्युसु वा परिवारको सम्पर्क नम्बर ९८२२५७०४७२ खबर गर्न अपिल गरेका छन् ।

सुवासले आफ्नो फेसबुक स्टाटस जुलाई १५, २०१७ पछि अपडेट गरेको देखिँदैन ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage