scheduleबिहिवार कार्तिक २८ गते, २०७६

जापानमा सम्पर्कविहिन बने भेषराज, खोजीदिन परिवारको अपिल

फुकुओका, १३ कात्तिक । अध्ययनका लागि जापान पुगेका तनहुँका एक युवक जापानबाट सम्पर्कविहिन भएका छन् । तनहुँ जिल्लाको भिमाद नगरपालिका-८
कोखे घर भएका बासुदेव मरासिनी र लक्ष्मी मरासिनीका छोरा भेषराज मरासिनी जापानबाट सम्पर्कविहिन भएका हुन् ।

सम्पर्कविहिन बनेका मरासिनीले परिवारलाई पठाएको अन्तिम सन्देश

२६ वर्षीय मरासिनी जापानको ओसाका मिनामी जापानीज भाषा स्कूलमा भाषा अध्ययन गर्न २०१७ को जुलाई सेसनमा भर्ना भएका थिए । ओसाका कलेजमै पढाइको क्रममा होटलको इन्टर्नशीपमा गएको र गत अगस्ट ६ देखि परिवारसँग सम्पर्कविहिन भएको उनको परिवारले जनाएको छ ।

एनआर एनए क्युस्यु संयोजक देवराज उप्रेतीले आफूलाई सम्पर्क गरी उनको परिवारले खोजी गरिदिन आग्रह गरेको जानकारी दिए । संयोजक उप्रेतीले सम्पर्कविहिन मरासिनी
लाई फेला पार्नुहुने महानुभावहरुले उनको परिवारको सम्पर्क नम्बर ९८६७४०३९१२ मा ,
एनआरएनए क्युस्यु वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन आग्रह गरेका छन् ।

मरासिनी भाषा स्कूलमा भर्ना भएको बारे जानकारी
प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage