scheduleमगलवार कार्तिक २६ गते, २०७६

पोखरेली थापा नेसाजको सल्लाहकारमा नियुक्त

फुकुओका, १८ कात्तिक । नेसाजको सल्लाहकारमा क्युस्युबाट सन्तोष थापा मनोनित भएका छन् ।नेसाजका अध्यक्ष कृष्णप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न बैठकले १५ सदस्यीय सल्लाहकार समिति र चारजना केन्द्रीय सदस्य समेत मनोनित गरेको छ ।

नेसाजका अन्य सल्लाहकारहरुमा डा. विजय ज्ञवाली, डा. होमबहादुर रिजाल, विज्ञानकुमार थापा, गोविन्द श्रेष्ठ, पारशमणि पोख्रेल, देवीलाल भण्डारी, दिपक कार्की, विष्णुप्रसाद घिमिरे, नरेन्द्र बस्नेत, विमल अधिकारी, सरोज कण्डेल, बाबुराम भण्डारी, विश्वास आचार्य र कमल बास्तोला रहेका छन् ।

नवनियुक्त केन्द्रीय सदस्यहरुमा एलिसा दास, सुदिप लम्साल, नवीना भण्डारी र नवराज अधिकारी रहेका छन् ।

बैठकले संस्थाको वार्षिक योजना समेत तय गरेको छ । विभिन्न क्षेत्रमा क्षेत्रिय समिति विस्तार गर्नको लागि समन्वयन गर्न कान्साइ र तोकाइ क्षेत्रमा दिपक अधिकारी, हिरोसिमाका लागि शंकर भुसाल, कन्न्तोका लागि सुमन केसी र सुदिप लम्साललाई जिम्मेवारी दिएको नेसाजका एक सदस्यले जानकारी दिए ।

अन्य निर्णयहरुमा स्यूसोकु खाचुदोउ (जब सेमिनार) बृहत् मोटिभेसन् प्रोग्राम, अन्तराष्ट्रिय वक्तृत्वकला प्रतियोगिता, नेपालमा शैक्षिक सामग्री वितरण, अनलाइनमार्फत् साधारण सदस्यता वितरण आदि रहेको नवनियुक्त सल्लाहकार थापाले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage