scheduleमगलवार कार्तिक २६ गते, २०७६

सार्वजनिक भयो चौंथो ओहासी कप फुटसल प्रतियोगिताको टाईसिट

फुकुओका, २१ कात्तिक । चौंथो ओहासी कप फुटसल प्रतियोगिताको टाईसिट सार्वजनिक भएको छ ।

उक्त प्रतियोगितामा १६ वटा टिमले सहभागी जनाउने आयोजकले जनाएको छ । सहभागी टिमहरुलाई ४ वटा समूहमा विभाजन गरी टाई सिट सार्वजनिक गरिएको हो ।

प्रतियोगितामा विजेता टिमले ३ लाख जापानीज येनसहित ट्रफि र मेडल प्राप्त गर्नेछ उपविजेता टिमले १ लाख ५० हजार जापानीज येनसहित मेडल प्राप्त गर्नेछ ।

उत्कृष्ट खेलाडी, उत्कृष्ट किप्पर, उत्कृष्ट अंक ल्याउने अनुशासित टिमलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । प्रतियोगिता यहि नोभेम्बर ९ तारिख अर्थात कार्तिक २३ गते शनिबारका दिन बिहान १० बजेबाट फुकुओकाको हाकाता-कु इसोदा २-३-३ मा रहेको फुटसल खेल मैदानमा हुनेछ ।

यस फुटसल प्रतियोगिताबाट फुकुओकामा हुने फुटसल एनआरएनए क्युस्युले इन्सुरेन्सको लागि जापानीज येन १० हजार सहयोग गर्नुको साथै इन्सुरेन्स सम्बन्धि सहयोग गर्ने भएको छ ।

ओहासी ग्रुपको आयोजनामा आयोजित चौथो ओहासी कपको टाईसिट नान हाउसमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको छ । ओहासी ग्रुपले विगत ४ वर्षदेखि निरन्तररुपमा फुटसल दशैँ कपको रुपमा गर्दै आए पनि यस वर्षदेखि भने चौथो ओहासी कपको रुपमा परिमार्जन गरिको छ ।

यस वर्ष भने ५०० जापानिज येनको चिट्ठा प्रतियोगितको व्यवस्था गरी खसी उपहार रखिएकोले चिठ्ठा किनी सहयोग गरिदिनु हुन ओहासी एफ सी का टिम म्यानेजर संदेश केसीले अपील गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage