scheduleमगलवार मंसिर २४ गते, २०७६

खुकुरी एफसीको पोल्टामा चौंथो ओहासी कपको उपाधि

फुकुओका, २५ कात्तिक । चौंथो ओहासी कपको उपाधी खुकुरी एफसीले हात पारेको छ । ओहासी ग्रुपको आयोजनामा जापानको फुकुओकामा गत शनिबार सम्पन्न खेलमा खुकुरी एफसीले गोर्खा ब्रदर्श एफसी लाई ४-१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको छ । यससँगै गोर्खा ब्रदर्श एफसी उपविजेता बन्न सफल भएको छ ।


खेलमा सहभागी १६ टिम मध्ये बिहानी एफसी उत्कृष्ट टिममा पर्दै सान्त्वना पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

जितसँगै खुकुरी एफसीले ३ लाख जापानीज येनसहित ट्रफि र मेडल प्राप्त गरेको छ भने उपविजेता टिम गोर्खा ब्रदर्शले १ लाख ५० हजार जापानीज येनसहित मेडल प्राप्त गरेको छ।

प्रतियोगिता यही नोभेम्बर ९ तारिख अर्थात् कार्तिक २३ गते शनिबार फुकुओकाको हाकाता-कु इसोदा २-३-३ मा रहेको फुटसल खेल मैदानमा सम्पन्न भएको थियो ।

आयोजक ओहसि ग्रुपका म्यानेजर सन्देश केसीले साझापोस्टमार्फत बिजेता, उपविजेता, स्पोन्सर, मिडियालगायत सम्पूर्ण सहयोगीहरुलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

त्यस्तै चिठ्ठा कार्यक्रम अन्तर्गत रेणु तमुस्यो ले १५ केगी खसीको मासु उपहार प्राप्त गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage