scheduleबिहिवार माघ ९ गते, २०७६

बासुदेवको उपचारको लागि जापानमा अभियान, सहयोगको लागि अपिल

फुकुओका, २५ कात्तिक । तीन वर्षअघि इण्डिया ट्रक दुर्घटनामा परी गम्भीर घाइते भएका बैतडी जिल्लाका बासुदेव जोशी हिंडडुल गर्न सक्दैनन् । शरीर सुकेर हाडछाला मात्र बाँकी छ ।

आर्थिक अवस्था कमजोर भएको कारण उपचार नपाई पीडामा छटपटाई जीवन-मरणको दोसाँधमा रहेका छन् । दुर्घटना भएको छ महिना पछि होसमा आउँदा दुवै खुट्टा नचल्न अवस्थामा आफैंलाई पाएपछि उनको कष्टप्रद जिन्दगी सुरु भयो ।

उनी हाल काठमाडौँमा उपचारको आशा गर्दै बसिरहेका छन् । घरको आर्थिक अवस्था निम्न भएको हुँदा उपचारको लागि अपिल समेत गरेका छन् । उनको ७० नाघेका बुवा छोरा निको भएर आउने आशामा रहेको बताउँछन् ।

जापानबाट एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमिति महिला उपसंयोजक हेमा पाण्डेको नेतृत्वमा बासुदेवको उपचारको लागि सहयोग रकम संकलन अभियान सुरु भएको छ । सहयोग गर्न चाहनु हुने मनकारी नेपाली समुदायलाई एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमिति महिला उपसंयोजक हेमा पाण्डे, बिरामी बासुदेव जोशी- ९८६५९३१८७२, शिशिर भण्डारी- ९८११००६९२९ लाई सम्पर्क गर्न उनले सार्वजनिक अपिल गरेका छन् ।

सहयोग अभियानमा जुटिरहेकी एनआरएनए क्युस्यु क्षेत्रीय कार्यसमिति महिला उपसंयोजक हेमा पाण्डेले जापानबाट केहि रकम उठाउन थालिएको जानकारी दिँदै जापानबासी सम्पूर्ण नेपालीहरुलाई आफुले जति सक्दो सहयोग गर्न अनुरोध गर्नुको साथै शिशिर भण्डारीले तयार पारेको भिडियो शेर गरिदिनुहुन अनुरोध गरेकी छन् ।

(यो भिडियोलाई सबैले शेयर गरिदिनुहोला )भारतमा ट्रक पल्टिदा बासुदेवको मर्नु न बाच्नु अवस्था ! नेपाली भन्ने थाहा पाउँदा उपचारै नगरी लखेटिदिए ||सहयोगका लागि -बासुदेव जोशी- 9865931872शिशिर भण्डारी- 9811006929Youtube:https:https://www.youtube.com/watch?v=nw0RjjSB9BA&t=508s

Posted by Shishir Bhandari on Monday, October 14, 2019
प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage