scheduleबिहिवार माघ ९ गते, २०७६

लोकदोहोरी प्रतिष्ठान जापान शाखाद्वारा रत्न बानियाँलाई सहयोग

फुकुओका, २८ नोभेम्बर । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापान शाखाले लोक तथा दोहोरी गायक तथा सर्जक रत्न बानियाँलाई उपचारका खर्च सोरुप १३४,००० जापानी येन सहयोग गरेको छ।

लोक तथा संगीतमा योगदान दिदै आएका रत्न बानियाँ बिरामी भई उपचार खर्च धेरै लाग्ने देखे पछि प्रतिष्ठान जापान शाखाले सहयोग अभियान चलाएको थियो । जापानमा रहेका नेपाली समुदाय र लोक दोहोरी प्रतिष्ठान जापान शाखामार्फत पनि सहयोग रकम जुटाएको थियो ।

उक्त प्रतिष्ठान जापान शाखाका अध्यक्ष सुर्य खड्काको नेतृत्वमा केन्द्रीय महाधिवेशन प्रतिनिधिहरु नेपाल गएको बेला अध्यक्ष सुर्य खड्का, केन्द्रीय पूर्वअध्यक्ष चन्द्र शर्मा, सल्लहाकार तथा केन्द्रीय सदस्य रामकृष्ण बम मल्ल, सल्हाकार इशोरी प्रसाद कँडेल, निवर्तमान सह-कोषाध्यक्ष महेन्द्र न्यौपाने, गायक विनोद भण्डारी लगायत उपस्थितमा उक्त रकम हस्तान्तरण गरेको सचिव माधब सिग्देलले साझापोस्टलाई जानकारी दिए ।

यसअघि पनि जनगायक जीवन शर्माको छोराको उपचारको लागि प्रतिष्ठान जापान शाखाले सहयोग गरेको थियो ।

यसैबीच, प्रतिष्ठान जापान शाखाको अभियानमा सहयोग गरेका सहयोगी दाताहरुलाई अध्यक्ष सुर्य खड्काले धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage