scheduleबिहिवार माघ ९ गते, २०७६

गाउँले रेस्टुरेन्ट र बाजिरो नेपाली सेवा समाजको संयुक्त आयोजनामा जब फेयर कार्यक्रम

फुकुओका, २७ नोभेम्बर । गाउँले रेस्टुरेन्ट र बाजिरो नेपाली सेवा समाजको संयुक्त आयोजनामा जब फेयर कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम २०१९ डिसेम्बर ८ आइतबार गाउँले रेस्टुरेन्टमा हुने आयोजकले जनाएको छ । सिट सीमित रहेको हुँदा छिटोभन्दा छिटो आफ्नो सिट सुरक्षित गर्न आयोजकले अनुरोध समेत गरेका छन् ।

‘विधार्थीहरुको सफलता र उज्वल भविष्य’ भन्ने मुल उद्देश्यका साथ गाउँले रेस्टुरेन्ट र बाजिरो नेपाली सेवा समाजको संयुक्त आयोजनामा विगतदेखि नै उक्त कार्यक्रम आयोजना गर्दै आएको छ । यसभन्दा अगाडिका कार्यक्रमहरु फलदायी भएको र उक्त सेमिनारबाट वर्किंग भिजा पाउन सहयोगी भएको सहभागीहरुको भनाई छ ।

जापानमा आफ्नो पढाई पुरा गरी वर्किंगको भिजा खोजिरहेका नेपाली विद्यार्थीहरुको लागि सहज होस् भन्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको बाजिरो नेप्लिज सर्भिस सोसाईटिका अध्यक्ष तथा गैर आवासीय नेपाली संघ क्युस्यु क्षेत्रीय कार्यसमितिका सह–सचिब विवेक बुढाथोकीले बताए ।

गाउँले रेष्टुरेन्टका संचालक तथा गैर आवासीय नेपाली संघ, क्युस्यु क्षेत्रीय कार्यसमितिका पूर्व संयोजक किरण बर्माको नेतृत्वमा उक्त सेमिनार शुरु गरिएको हो ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage