scheduleबिहिवार माघ ९ गते, २०७६

एनआरएनए क्युसुले बनायो १९ वटा उपसमिति

फुकुओका, १९ मंसिर । गैरआवासीय नेपाली संघ क्युस्यु क्षेत्रीय कार्यसमितिले विभिन्न १९ उपसमिति गठन गरेको छ ।

क्षेत्रगत उपसमिति र विषयगत उपसमिति गरी दुई भागमा छुट्याएर उपसमिति गठन गरिएको संयोजक देवराज उप्रेतीले जानकारी दिए । उप्रेतीका अनुसार क्षेत्रगत उपसमिति अन्तर्गत जापानको क्युस्यु क्षेत्रमा रहेको ७ ओटा प्रिफेक्चर फुकुओका, सागा, ओइता, नागासाकी, कुमामोतो, मियाजाकी र खगोसिमा रहेको छ ।

त्यस्तै, विषयगत उपसमितिअन्तर्गत स्वयंसेवक, सांस्कृतिक, महिला, खेलकुद, स्वास्थ्य, शिक्षा, रोजगार, विपत व्यस्थापन र श्रमिक उपसमिति रहेका छन् ।

संस्थागत संरचनामा एकजना क्युस्यु क्षेत्रीय कार्यसमिति पदाधिकारी अर्थात् सदस्यबाट इन्चार्ज र सम्बन्धित क्षेत्रका सह-इन्चार्ज, सदस्य सचिव र सदस्यहरु रहनेछन् । एनआरएनएसँग प्रत्यक्ष जोडिएर सामाजिक कार्य गर्न इच्छुकहरुलाई समेट्ने र भिन्न सामाजिक कार्यहरुमा सहभागी गराउन सहज होस् भन्ने उद्देश्यले उपसमितिहरु गठन गरिएको एनआरएनए क्युस्यु संयोजक देवराज उप्रेतीले बताए ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage