scheduleबिहिवार माघ ९ गते, २०७६

सम्पर्कमा आए सम्पर्कविहिन बनेका ठकुरी

फुकुओका, १९ मंसिर । सुर्खेतको सिम्ता गाउँपालिका-६ बाट जापान आएका सुवाससिंह ठकुरी विगत २ वर्षदेखि परिवारसँग सम्पर्कविहिन बनेका थिए । सुवासका पिता राजेन्द्रकुमार सिंहलगायतका परिवारका सदस्यहरुले एनआरएनए क्युस्युलाई छोरा बेपत्ता भएको खबर सुनाए ।

खबर पाएलगत्तै एनआरएनए क्युसुको सक्रियतामा सुवाससिंह ठकुरीलाई परिवारको सम्पर्कमा ल्याउन सफलता मिलेको छ । सुवास अहिले परिवारको सम्पर्कमा आएको जानकारी एनआरएनए क्युस्यु संयोजक देवराज उप्रेतीले जानकारी दिए ।
उप्रेतीसँगको समन्वयमा साझापोस्टले ठकुरी सम्पर्कविहिन भएको र खोजीको लागि आग्रह गर्दै समाचार प्रकाशित गरेको थियो । उक्त समाचार प्रभावस्वरुप उनी सम्पर्कमा आएका हुन् ।

जापानको व्यस्त जीवन र संघर्षको क्रममा केहि समय परिवारसंग सम्पर्क हुन नसकेको र सकुशल रहेको सुवाससिंह ठकुरीले बताएका छन् । साथै

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage