scheduleबिहिवार माघ ९ गते, २०७६

नेपाल जापान फ्रेन्डशीप लायन्स क्लबको तेस्रो चार्टर नाइट डिसेम्बर ६ मा

फुकुओका, ५ डिसेम्बर । जापानमा पहिलो पटक नेपालीहरूले स्थापना गरेको नेपाल जापान फ्रेन्डशीप लायन्स क्लबको तेस्रो चार्टर नाइट आगामी ६ डिसेम्बर शुक्रबार हुने भएको छ ।

उक्त क्लबका प्रेसिडेन्ट ज्योति केसीको अध्यक्षतामा हालै बसेको कार्यसमितिको बैठकले बैठकले उक्त निर्णय गरेको हो ।

क्लबको आफ्नो स्थापना दिवसको अवसरमा पारिवारिक सदस्यहरुको बीच कार्ययोजना एवं विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसहितको रात्रिभोज गर्ने परम्परा रहेको छ ।

स्थापनाकालदेखि विभिन्न सामाजिक कार्यक्रम गरेर प्रसंशा बटुलेको उक्त क्लबले तेस्रो चार्टर नाइट मनाउन लागेको हो । कार्यक्रममा विगतमा भएको सामाजिक कार्यक्रमहरुको समीक्षा, भावी योजना र नयाँ सदस्यहरुलाई स्वागत गरिने आयोजकले बताएको छ ।

सन् २०१६ मा स्थापना भई नेपाल तथा जापानमा विभिन्न सामाजिक कार्य गरिरहेका छन्।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage