scheduleबिहिवार माघ ९ गते, २०७६

जापानमा नेपाली विद्यार्थीको उपचारको क्रममा निधन, अन्त्यष्टि गर्न सहयोग संकलन

फुकुओका, ७ डिसेम्बर । जापानको टोक्योमा ‘नेक्रोटाइजिङ एन्ट्रोकोलाइटिस’ नामक बिरामीका कारण एक नेपाली विद्यार्थीको निधन भएको छ ।

सुदुरपश्चिमको डढेल्धुरा जिल्लामा पर्ने भद्रपुर-५ घर भई दुई वर्षअघि विद्यार्थी भिषामा जापान आएका २५ वर्षीय सुरज मल्लको उपचारका क्रममा डिसेम्बर १ मा निधन भएको हो ।

नोभेम्बर ३० तारिख राति श्वास फेर्न समस्या आएपछि उनलाई इताबासीस्थित निहोन युनिभर्सिटी अस्पतालमा भर्ना गरिएको र आकस्मिक शल्यक्रियाकै क्रममा आइतबार बिहान ११ बजे निधन भएको जापान प्रहरीले जनाएको छ ।

यसैबीच जापानमा कृयाशील सामाजिक संस्था सुदुरपश्चिमेली समाज जापानले शनिबारदेखि मल्लको अन्त्यष्टिका लागि आर्थिक सहयोग संकलन सुरु गरेको जनाएको छ ।

समाजले जापानका सबै सामाजिक संघसंस्था तथा सर्वसाधारणमा सहयोगका लागि अपिल पनि गरेको छ । समाजले समाजको जापान हुलाक खाता १०१०० -९१२८२९२१ मा सहयोग रकम जम्मा गर्न सकिने सूचित गरेको छ ।
यसैबीच, एनआरएनए जापानले पनि मल्लको अन्त्यष्टिको लागि सबैमा सहयोगको अपिल गरेको र सहयोग संकलन अभियान जारी रहेको एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage