scheduleबिहिवार माघ ९ गते, २०७६

फुकुओकामा लायन्सको तेस्रो चार्टर नाइट सम्पन्न

फुकुओकामा लायन्सको तेश्रो चार्टर नाइट सम्पन्न

फुकुओका, ७ डिसेम्बेर । नेपाल जापान फ्रेन्डशीप लायन्स क्लबको दोस्रो चार्टर नाइट सम्पन्न भएको छ । क्लबका प्रेसिडेन्ट ज्योति केसीको अध्यक्षतामा शुक्रबार सम्पन्न चार्टर नाइटमा विगतका कार्यक्रमको समीक्षा, भावी योजना तय गर्दै नयाँ सदस्यहरुलाई स्वागत गरिएको थियो ।

नयाँ सदस्यहरुमा लक्ष्मण बानिया, नवीन अधिकारी, बिनोद भण्डारी, आयुष ओझा, सन्तोष रानाभाट, अर्जुन तिवारी र कृष्ण पाण्डे रहेका छन् ।

हिमालयन किचेनमा भएको उक्त कार्यक्रममा नयाँ सदस्यहरुलाई पिन तथा खादा लगाई स्वागत गरिएको थियो । त्यस्तै कार्यक्रमा वर्षभरी लायन्स क्लबमा सक्रिय भई बिशेष योगदान गर्ने लायनहरुलाई सम्मान गरिएको क्लबका ध्यक्ष ज्योती केसीले जानकारी दिए ।

सम्मानित हुनेमा द्वितीय उपाध्यक्ष शंकर केसी, मेम्बरशिप डिरेक्टर सुरज बन र सहसचिव दिनेश रिमाल रहेका छन् । उनीहरुलाई चार्टर प्रेसिडेन्ट अर्जुन थापा, प्रेसिडेन्ट ज्योती केसी र जोन चेअर पर्सन टंक गैरेले विशेष सम्मान गरेका थिए ।

कार्यक्रममा लायन्स क्लब ३२५ A2 का जोन चेर पर्सन टंक गैरेले शुभकामना दिएका थिए । हाम्रो नेपाल हामी नेपाली अभियानका प्रमुख संयोजक धर्मराज अधिकारी, क्लबका सल्लाहकारहरु छत्र दाहाल र सन्तोष थापा, एनआरएनए जापानका उपाध्यक्ष लक्ष्मण बानिया, एनआरएनए क्युस्यु संयोजक देवराज उप्रेती, फुनेसो पूर्वअध्यक्ष नवीन अधिकारिले शुभकामना व्यक्त गरेका थिए ।त्यस्तै, प्रथम उपाध्यक्ष दिलेन्द्र जोशी, द्वितीय उपाध्यक्ष शंकार केसी, एलसीआइएफ कोअर्डिनेटर भागीरथ पौडेलले आफ्नो भनाई व्यक्त गरेका थिए ।

नेपाल जापान फ्रेन्डशीप लायन्स क्लबले आफ्नो तीन कार्यकाल भव्यरुपमा सम्पन्न गरेको खुसियालीमा जोन चेयर पर्सन टंक गैरे, चार्टर प्रेसिडेन्ट अर्जुन थापा र अध्यक्ष ज्योती केसीले केक काटेर सबै माझ खुशी साटासाट गरेका थिए ।

सन् २०१६ डिसेम्बर ६ मा स्थापना भएको नेपाल जापान फ्रेन्डशीप लायन्स क्लबमा ३० जना सदस्यहरु रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage