scheduleआइतवार चैत्र २३ गते, २०७६

दोस्रो क्युस्यु समिट फेब्रुअरी २३ मा

फुकुओका, १७ फेब्रुअरी।

जापानको क्युस्यु क्षेत्रमा ‘हाम्रो नेपाल हामी नेपाली’ अभियानद्वारा आयोजित दोश्रो क्युस्यु समिट हुने भएको छ ।उक्त कार्यक्रम फुकुओका शहरको हिगासी योसिजुका खाइकान मा बिहान ९ बजे देखि साझ साढे ४ बजे सम्म क्युस्यु क्षेत्रमा रहेका सम्पूर्ण सामाजिक संघ संथाहरुको सहभागितामा उक्त हुने बताईएकोछ।फुकुओकामा अवस्थित २८ ओटा संथाहरुलाई आमन्त्रण गरिएको छ।

सामाजिक संघ संस्थाहरु बीचको अन्तर सम्बन्ध बिस्तार संगै समस्या समाधान लगाएत भाइचाराको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको प्रमुख एजेण्डाहरु क्युस्युमा नेपालीहरुको अवस्था ,समस्या तथा समाधानका उपायहरु ,नेपाली संघ संस्थाहरुको परिचय तथा गतिविधिहरु बारे जानकारी आदान -प्रदान ,नेपाली समुदायको हित तथा नेपाली कला,संस्कृतिको प्रचार प्रसारको लागि संघ संस्थाहरुले खेल्नु पर्ने भूमिका ,मातृ भूमि नेपाल प्रति हाम्रो दायित्व ,भिजिट नेपाल २०२० मा हाम्रो भूमिका ,जापानको बदलिदो नीति र नेपाली समाजमा पर्ने प्रभाव आदि रहेको छ ।क्युस्युमा रहेका सम्पूर्ण संघ संथा एवं अन्य महानुभाबहरुलाइ अभियानका प्रमुख संयोजक धर्म राज अधिकारी ज्युले कार्यक्रममा उपस्थित हुने अनुरोध समेत गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage