scheduleआइतवार चैत्र २३ गते, २०७६

चर्चामा सूर्य खड्का र दुर्गा सापकोटाको नैना रेशम …

फुकुओका, १३ फागुन । खोली तिरमा मौवाको लोकतो, जानी भए लौ झोला बोक त…
नलको भारी परालको बिटो, तिम्रो लागि पागल भो यो ठिटो…

यी शब्द सुन्दा झट्ट आफ्नो गाँउले परिवेश र स्कुले जीवनमा साथीहरुसँग रमाइलोका लागि तथा जिस्किन प्रयोग गरिने शब्द जस्ता लाग्छन् । यिनै स्थानीय शब्द र भावलाई समेटेर तयार गरिएको लोकगीत नैना रेशम अहिले चर्चामा रहेका छ ।

पछिल्लो समय चलचित्र होस् या गीत संगीत सबैमा स्थानीय विषय र परिवेशलाई समेटिएका उत्पादनले दर्शकको मन जित्न सफल बनेका छन् भने युट्युबमा समेत राम्रो भ्युज बटुल्न सफल भएका छन् । गीतमा प्रयोग गरिएका गाउँले परिवेशका शब्द तथा समग्र गीतले पनि युट्युबमा दर्शकको राम्रो प्रतिक्रिया पाएको छ भने गीतको शब्दमा अझै मिहिनेत नपुगेको गुनासो पनि व्यक्त गरिएको छ ।

पछिल्लो समय लोक गीतको क्षेत्रमा गाउँले परिवेशमा स्थानीय स्वादलाई शब्दमा उतार्न सफल भएका शब्द संकलन शिव अखेलिले यसभन्दा अगाडि पनि भिर्नि झोलामा लगायतका चर्चित गीत लेखेका थिए ।

यो समाचार तयार गर्दासम्म युट्युब ट्रेन्डिङको नेपालको ३१औं स्थानमा रहेको गीतले १२ लाख भन्दा बढी हेरिएको भिडियोमा करिब २ हजार भन्दा बढी कमेन्ट, ३६ हजार भन्दा बढी लाईक पाएको छ । बागलुङ घर भई अहिले रोजगारीको शिलशिलामा पोर्चुगल रहेका शिव अखेलिको शब्द संकलन रहेको गीतमा रोजगारीको शिलशिलामा जापानमा रहेका चर्चित गाएक सूर्य खड्का र दुर्गा सापकोटाको स्वर रहेको छ ।

गीतको म्युजिक भिडियोमा अहिलेका चर्चित कलाकार सागर लम्साल तथा टिकटकबाट चर्चाको शिखरमा पुग्न सफल भएका प्रिज्मा र प्रियशा अभियन रहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage