scheduleआइतवार चैत्र २३ गते, २०७६

सबैलाई चकित पार्दै बाल गायिका दीपिका कँडेल, मेक्समको साथ

काठमाडौं । बाग्लुङकी बाल गायिका दीपिका कँडेलले निकै सुमधुर आवाजमा गीत गाएर सबैलाई चकित पारेकी छन् । नरेश खातीको शब्द र संगीत रहेको उक्त गीतमा बाबाछोरीबीचको माया सम्बन्धलाई कथा बनाईएको छ । गीतमा सानी छोरीलाई आमाबाबा दुवैको माया बाबाले दिएर त्यहि छोरीको सहारामा बाँचेको कथालाई मुख्यरुपमा उठान गरिएको छ । बाबाछोरीनै एकअर्काको सहारा र संसार बनेका तर छोरीको विवाहपछि अर्कैको घरमा जाँदा बाबा एक्लै र छोरीलाई पनि पराई घरमा जान निकै गाह्रो भएको मिठो कथालाई कलाकार दिलिप रायमाझी, टिकटक भाइरल एभेलीना खड्का र दिया जीसीले अभिनयमार्फत् उतारेका छन् । गीतमा मेक्सम खाती र माण्डवी त्रिपाठी र दीपिका कँडेलको आवाज रहेको छ । क्रान्ति केसीको निर्देशन रहेको गीतलाई दीपिका म्युजिकको अफिसियल युट्युबमार्फत बजारमा सार्वजनिक गरिएको हो ।
प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage