scheduleआइतवार चैत्र २३ गते, २०७६

सन्दीपले पुनः जिते स्नूकर उपाधि

फुकुओका, ०८ मार्च । जापानमा फुकुओकामा भएको स्नूकर खेलमा उपाधि सन्दिप कार्कीले जितेका छन् । ठमेल बजार नेपाली इन्डियन रेस्टुरेन्टमा आज सम्पन्न खेलमा प्रथम सन्दिप कार्की र द्वितीय सुरेन लिम्बु भएका छन् । त्यस्तै हाइजेस ब्रेक सन्तोष गुरुङ भएका छन् ।

प्रथम हुने सन्दिप कार्कीले ६० हजार जापानीज येन र द्वितीय सुरेन लिम्बुले ३० हजार येन प्राप्त गरेका छन् । उक्त प्रतियोगिता नेपाली समुदाय जापानमा दोश्रो हो । भुटानी खेलाडी देजोस वांसीको पनि सहभागिता रहेको थियो ।

जापानमा नेपालीहरुको बढ्दै गएको चापसँगै विभिन्न व्यवसाय र कार्यक्रमहरु पनि बढ्दै गएको छ । नेपालीहरुको व्यवसायमा फरकपन झल्कने नयाँ आयामहरू पनि सुरु भैरहेका छन् । यसैबीच ठमेल बजार नेपाली इन्डियन रेस्टुरेन्टले स्नूकरको व्यवस्था गर्दै प्रतियोगिता समेत आयोजना गरेको छ ।

आगामी दिनहरुमा अझ यो भन्दा ठूलो पुरस्कार रहेको प्रतियोगिता आयोजना गर्ने सञ्चालक गणेश गुरुङले बताए ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage