scheduleआइतवार चैत्र २३ गते, २०७६

वृद्धाश्रम निर्माण गर्न नेपाल जापान फ्रेन्डशिप लायन्सको सहयोग

फुकुओका, २९ फागुन । नेपाल जापान फ्रेन्डशीप लायन्स क्लबले धुम्बाराही वृद्धाश्रम निर्माणार्थ नगद १ लाख रुपैया र खाद्य सामग्रीहरु सहयोग हस्तान्तरण गरेको छ ।

धुम्बाराही वृद्धाश्रममा आयोजित कार्यक्रममा नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबका सचिव सुनिल श्रेष्ठ, कोषाध्यक्ष प्रकाश लामिछाने, सदस्य ईश्वर अधिकारी, एनआरएनए क्युस्युका उपसंयोजक सचिन नेम्वाङलगायत लायन्स क्लबका नेतृत्वपंक्रतिको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।

उक्त वृद्धाश्रममा समाज र परिवारबाट तिरस्कृत, बहिस्कृत र अपहेलित भई सडकपेटी , मठ, मन्दिर, पाटी र पौवामा रोग, भोक र प्यासले छटपटाइरहेका वृद्धा आमाहरुलाई ल्याएर विगत ६ वर्षदेखि निरन्तररुपमा सेवा दिदै आइरहेको छ ।

विगत ६ वर्ष भाडामा सञ्चालित धुम्बाराही वृद्धाश्रममा हाल १० जना वृद्ध आमाहरु आश्रित छन् । वृद्धाश्रमका लागि काठमाडौं वडा नं. ४ बाट १२ आना जग्गामा प्राप्त भएको क्लबले जनाएको छ । अत्याधुनिक सेवा सुविधा दिन सकिने भवन निर्माण गरी ४०/४५ वृद्धवृद्धा आमा बुबालाई सेवा दिने लक्ष्यअनुरुप कार्य भइरहेको क्लबका एक पदाधिकारीले जानकारी दिए ।

उक्त वृद्धाश्रमको सुरुवात लायन्स क्लब अन्तराष्ट्रिय ३२५ ए २ का अग्रज लायन धराज बाडेल गरेका हुन् ।उनले सहयोगको लागि नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब लगायतप्रति कृतज्ञता व्यक्त गरे ।

नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबका अध्यक्ष ज्योति केसीले धुम्बाराही लायन्स क्लबले आफ्नै भवन निर्माण कार्य थालनी गरेकोले क्लबले आर्थिक सहयोग संकलन अभियान संचालन गरी एक लाख २० हजार हस्तान्तर गरिएको जानकारी दिए ।

उक्त सामाजिक अभियानमा एनएनएनए क्युस्यु २० हजार येन, कास्की पोखरा आदर्श समाज क्युस्युले १० हजार येन, आयुष ओझाले १२ हजार येन, ज्योति केसीले १० हजार येन, दिनेश रिमालले १० हजार येन, सुनिल श्रेष्ठले १० हजार ऐन सहयोग गरेका छन् ।

त्यस्तै, बिनोद भण्डारीले १० हजार येन, प्रशान्त कंडेलले ५ हजार येन, प्रकाश लामिछानेले २ हजार येन, भगिरथ पौडलले २ हजार येन, अर्जुन थापाले १ हजार येन, दिलेन्द्र जोशीले १ हजार येन, सन्तोष थापाले १ हजार येन, शंकर केसीले १ हजार येन, अनिश लामाले १ हजार येन सहयोग गरेका छन् ।

त्यस्तै, सुरज बन, ध्रुव गैरे, मिलन बस्नेत, सन्तोष भट्ट, कौसिला गुरुङ, अमृत भट्ट, भरत बनले एक/एक हजार ऐन सहयोग गरेका छन् भने संस्थाको कोषबाट १४८० ऐन गरी १ लाख ६ हजार ४ सय ८० रुपैयाँ सहयोग संकलन गरिएको क्लबका अध्यक्ष केसीले जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

comments

प्रतिकृया लेख्नुहोस्:

comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

default-addImage
default-addImage