फिचर पोस्ट
-
फिचर पोस्टजापानी सडकमा नरसिंहाको गर्जन (तस्बिरसहित)
-
फिचर पोस्टएकादेशको कथा होइन ‘ओन्सेनको कथा’
-
फिचर पोस्टसाझापोस्ट जापान संस्करण- हामी यसकारण आयौं

अर्जुन थापा/फुकुओका, ३० भदौ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)को आठौं महाधिवेशनमा टंक गैरेले एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक पदमा उम्मेदवारी घोषणासँगै चुनावी तयारीमा लागिरहेका छन् । समाजसेवा जहाँ जसले जस्तो ठाउँबाट गरे पनि हुने तर त्यसलाई संस्थागत रुपमा गर्नुपर्छ भन्छन् गैरे । कुनै पदमा बसेर आफ्नो पदको मर्यादा राखी समाज सेवा गर्नुपर्नेमा उनी जोड दिन्छन् । जहाँ जस्तो सुकै अवस्थामा रहे पनि आफ्नो यस्तै विगतका अभ्यासहरुलाई निरन्तरता दिनेमा उनी दृढ देखिन्छन् । यसैको कडीको रुपमा एनआरएनको आठौं महाधिवेशनमा उम्मेदवारी दिएको गैरे बताउाछन् । सन् १९७१ मा बागलुङको गल्कोटमा जन्मिएका टंक गैरेले अंग्रेजीमा डिप्लोमा गरे । नेपाल मै रहेर केहि गरौं भन्ने सोच लिएर चितवन धर्मचोकको न्यू सनराइज बोर्डिङ स्कूल सञ्चालन गरे । विदेशमा गई अनुभव बटुल्ने सोचअनुरुप भारतबाट एसियन तथा इन्डियन खाना बनाउने सीप संगाले । लगत्तै जापान प्रवेश गरेका गैरे त्यतिबेला दैनिक १८ घण्टाका दरले चिफ सेफ भई...