scheduleमगलवार आश्विन २८ गते, २०७६

साहित्य

    अनुभूतिको विशाल संसार अटाएको दस्तावेज अर्थात् ‘अन्तर्दृष्टि’
    अनुभूतिको विशाल संसार अटाएको दस्तावेज अर्थात् ‘अन्तर्दृष्टि’
    साहित्य

    फुकुओका, २४ असार । दृष्टिविहीन भएकै कारण उनले भोग्नुपरेका अपमान, तिरस्कार र त्यसबाट बच्न उनले गरेका संघर्षसँगै आत्मसम्मान खोजीको उनको यात्रा समेटिएको पुस्तक रोचक छ । सन् १८८० मा अमेरिकाको टस्कम्बियामा जन्मिएकी हेलेन केलर स्नातक तहसम्म पढ्ने पहिलो दृष्टिविहीन हुन् । थाहा छैन, यो दुःखको कुरा हो या उत्साहको– हेलेन केलरभन्दा झण्डै १०० वर्षपछि चितवनको जुटपानीमा जन्मिएका कमल लामिछाने विद्यावारिधि गर्ने नेपालका पहिलो दृष्टिविहीन भए । र, त्यही विद्यावारिधिसम्मको यात्रा तय गर्ने क्रममा लामिछानेले खेपेका प्रहार र भोगेको प्रेमसँगै उनको अनुभूतिको विशाल संसार अटाएको दस्तावेज हो– अन्तर्दृष्टि । ‘युनिभर्सिटी अफ टोकियो’ बाट विद्यावारिधि गरेपछि चुकुवा विश्वविद्यालयमा प्राध्यापन र हाल अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा अनुसन्धानकर्ताका रुपमा कार्यरत डा.कमल लामिछानेको चुनौतीपूर्ण यात्रा वृत्तान्त ‘म्याजिकल’ लाग्छ । दृष्टिविहीन भएकै कारण उनले भोग्नुपरेका अपमान, तिरस्कार र त्यसबाट बच्न उनले गरेका...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage