scheduleशनिवार आश्विन ४ गते, २०७६

TAG

Tag: नरसिंहा
    जापानी सडकमा नरसिंहाको गर्जन (तस्बिरसहित)
    जापानी सडकमा नरसिंहाको गर्जन (तस्बिरसहित)
    नरसिंहा

    फुकुओका, २२ वैशाख । जापानको सडकमा नेपालीहरुले नरसिंहासहित पञ्चेबाजा बजाएका छन् । विश्वको धेरै राष्ट्रको सहभागिता रहने जापानी कार्यक्रम हाकाता दोन्ताकु पर्वमा नेपाली टोलीले पञ्चेबाजासहित सहभागिता जनाएको हो । फुकुओका नेपाल सोसाईटीको नेतृत्वमा विगत ५ वर्ष देखि सहभागिता हुँदै आएको उक्त पर्वमा यसपटक विगतको भन्दा उत्कृष्ट सहभागिता भएको आयोजकले जनाएको छ । मे ३ को दिउँसो ३ः३० बजे नकासु पार्कबाट सुरु गरिएको  परेड तेन्जिन पार्क पुगेर सम्पन्न गरिएको थियो । फुनेसोको नेतृत्वमा एनआरएनए क्युस्यु, नेपाल जापान फ्रेन्डशीप लायन्स क्लबका प्रतिनिधि लगायत क्युस्युमा रहेका विविन्न सामाजिक संघ संथाहरुको पनि उपस्थिति रहेको थियो । बुद्ध नेपालमा जन्मेका हुन र सगरमाथा नेपालमा पर्छ र नेपाल पर्यटनको लागि उपयुक्त देश हो भन्दै जापानीज नागरिकलाई नेपाल भ्रमणको निमन्त्रणा दिने काम पनि उक्त परेडमा गरिएको थियो । हजारौं जापानीजबीच हातमा नेपालको झन्डा र पन्चे बाजाका साथ नाँच्दै आफ्नो देशको संस्कार प्रस्तुत गर्न पाउनु महत्वपूर्ण...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage