Sajha Post
सरकारी सेवाका करार श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने
सरकारी सेवाका करार श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सरकारी सेवामा करारमा कार्यरत श्रमीकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने बताएका छन्। बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले हालसम्म सरकारी सेवामा करारमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न नसकिएकोमा धेरै दुःख लागेको बताए।
संचारमन्त्री शर्मा भारत भ्रमणमा
संचारमन्त्री शर्मा भारत भ्रमणमा  काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा भारत भ्रमणमा गएकी छन् ।मन्त्री शर्मा बुधबार र बिहीबार नयाँ दिल्लीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन मंगलबार बेलुका भारत गएकी हुन् । मन्त्री शर्मा बुधबार अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू)को क्षेत्रीय कार्यालय उदघाटनमा सहभागी हुने कार्यक्रम छ ।
रंगशालाबारे धुर्मुसले मुख खोले:  तुरुन्तै निर्णय होस् , गल्ती छ भने मारिदिनुस्
रंगशालाबारे धुर्मुसले मुख खोले:  तुरुन्तै निर्णय होस् , गल्ती छ भने मारिदिनुस् काठमाडौं । सामाजिक अभियन्ता तथा कलाकार सीताराम कट्टेल धुर्मुसले लामो समयदेखि अलपत्र चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका विषयमा आफूमाथि लागेका आरोपहरुको जवाफ दिएका छन् ।   रंगशाला निर्माणस्थलमै पुगेर उनले मुख खोलेका हुन् । उनले आफूहरुमाथि लागेका आरोपबारे जवाफ दिँदै रंगशाला अलपत्र पर्नुका कारण पनि सार्वजनिक गरेका छन ।
मेघौली विमानस्थलको धावन मार्गमा ग्रावेल गरेर स्तरोन्नति गरिंदै
मेघौली विमानस्थलको धावन मार्गमा ग्रावेल गरेर स्तरोन्नति गरिंदै चितवन । मेघौली विमानस्थलको स्तरोन्नति गरिने भएको छ । विमानस्थलको घाँसेमैदानको रूपमा रहेको धावनमार्गलाई ‘ग्राबेलिङ’ गर्ने र तारबारलाई व्यवस्थित बनाएर विमानस्थलको स्तरोन्नति गर्न थालिएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का इञ्जीनियर नलविक्रम थापाका अनुसार छ महिनाभित्रमा ती काम सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको छ । धावनमार्गमा ग्रावेल...
काठमाडौंमा आठ महिनामा पाँच लाख ६१ हजार सवारी साधन कारबाहीमा
काठमाडौंमा आठ महिनामा पाँच लाख ६१ हजार सवारी साधन कारबाहीमा काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच लाख ६१ हजार तीन सय ७५ सवारीसाधन कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा  सवारीसाधनलाई कारबाही गरेको हो ।
काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा हल्का वर्षा
काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा हल्का वर्षा काठमाडौं । काठमाडौं उपत्यका सहित  देशका विभिन्न भागमा अहिले हल्का वर्षा भैरहेको छ ।   देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेकोले हाल देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरूमा चट्याङसहित वर्षा भइरहेको छ।
Weather Update