Sajha Post
राष्ट्रिय सभाको उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
राष्ट्रिय सभाको उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै काठमाडौं । राष्ट्रिय सभाको रिक्त एक पदको उप–चुनावमा भाग लिन  दल दर्ताका लागि निर्वाचन आयोगले दिएको समयसीमा आज सकिँदैछ । अहिलेसम्म दुईवटा दलले मात्रै निवेदन दिएका छन् । अहिलेसम्म नेकपा एकीकृत समाजवादी र बहुजन शक्ति पार्टीले निवेदन दिएको आयोगले जनाएको छ । लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभाको एक...
प्रतिनिधि सभामा एमालेको एक सिट बढ्यो 
प्रतिनिधि सभामा एमालेको एक सिट बढ्यो  गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण साहले तत्कालीन सत गठबन्धनका उम्मेदवार  फोर्दोस आलमलाई झन्डै ७ हजार मतको अन्तरले पराजित गरी निर्वाचित भएका थिए। योसँगै प्रतिनिधि सभामा एमालेको एक सिट बढेको छ र एमालेको सांसद संख्या ७९ पुगेको छ । 
प्रधानमन्त्री प्रचण्डको शपथ आज, आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने
प्रधानमन्त्री प्रचण्डको शपथ आज, आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने काठमाडौं । तेस्रो पटक प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । उनले अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा शपथ लिन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाउनेछिन् ।
प्रतिनिधिसभाका २५७ जना सांसदले लिए शपथ, १७ जना अनुपस्थित
प्रतिनिधिसभाका २५७ जना सांसदले लिए शपथ, १७ जना अनुपस्थित प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद् भवनमा शपथ खुवाएका हुन् । नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।
सांसदहरूको शपथ अघि सर्वदलीय बैठक बस्दै
सांसदहरूको शपथ अघि सर्वदलीय बैठक बस्दै काठमाडौं । नवनिर्वाचित सांसदहरुको शपथग्रहण अगाडि आज सर्वदलीय बैठक बस्दैछ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति समशेर जबराको अध्यक्षतामा मध्यान्ह १२ बजे बैठक बस्नेछ ।  बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बोलाइएको छ ।  जबराले हिजो शपथ लिएसँगै सर्वदलीय बैठक बोलाएका थिए । 
सांसदहरुको शपथ आज: नेपाली, संस्कृत, हिन्दी र मातृभाषामा शपथ लिने 
सांसदहरुको शपथ आज: नेपाली, संस्कृत, हिन्दी र मातृभाषामा शपथ लिने  काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरमा सांसदहरुलाई शपथ गराउने छन् । जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार शितल निवासमा शपथ खुवाएकी थिइन् ।
राणाले राष्ट्रपतिबाट लिए जेष्ठ सदस्यको रुपमा  शपथ
राणाले राष्ट्रपतिबाट लिए जेष्ठ सदस्यको रुपमा  शपथ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट समानुपातिकतर्फ निर्वाचित सांसद पशुपति शमशेर राणाले राष्ट्रपतिबाट प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रुपमा राणालाई शपथ  गराएकी हुन् । राप्रपाका पूर्वअध्यक्ष  ८१ वर्षीय राणा सबैभन्दा बढी उमेरको सांसद हुन् ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबरालाई आज राष्ट्रपतिले शपथ खुवाउने 
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य जबरालाई आज राष्ट्रपतिले शपथ खुवाउने  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद् प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति शमशेर जबरालाई आज पद तथा गोपनीयतको शपथ खुवाउने भएकी छन्। बुधबार दिउँसो शितल निवासमा जबराले शपथ ग्रहण गर्न लागेका हुन् ।
कांग्रेस संसदीय दलको नेतामा देउवा र गगनको उम्मेदवारी, सांसदहरु तानातानमा
कांग्रेस संसदीय दलको नेतामा देउवा र गगनको उम्मेदवारी, सांसदहरु तानातानमा काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन् ।  सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पुगेर सभापति देउवा र महामन्त्री थापाले उम्मेदवारी दर्ता गरेका हुन् । सभापति देउवाको प्रस्तावक रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का समर्थक बसेका छन् ।
मधेश प्रदेशमा पनि संघको जस्तै समस्या: सांसदलाई शपथ कस्ले खुवाउने ?
मधेश प्रदेशमा पनि संघको जस्तै समस्या: सांसदलाई शपथ कस्ले खुवाउने ? जनकपुर । संमामा जस्तै प्रदेशमा पनि प्रदेश सभाको ज्येष्ठ सदस्य पहिचान गर्न समस्या भएको छ । मधेस प्रदेशमा पनि कसलाई ज्येष्ठ सदस्य मान्ने विषयमा अन्योल भएपछि प्रदेश सभा सचिवालयले निर्वाचन आयोगलाई पत्र लेख्ने भएको छ । सभामुख नभएको अवस्थामा ज्येष्ठ सदस्यले सांसदहरुलाई सपथ खुवाउने चलन छ । ज्येष्ठ सदस्यलाई प्रदेश...
Weather Update