नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी कारागार चलान
शुक्रबार, माघ २०, २०७९

एमाले सहभागी सरकारमा कांग्रेस जान्न : पूर्णबहादुर खड्का
शुक्रबार, माघ २०, २०७९
उनले कांग्रेस सरकारमा नजाने कुरामा ढुक्क रहन आग्रह गर्दै सबैखाले भ्रमबाट मुक्त हुन जरुरी रहेको समेत उल्लेख गरेका छन्। नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएकोप्रति एमाले संशकित बन्दै आएको छ।
बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै एमाले अध्यक्ष ओलीले कांग्रेस गृह राज्यमन्त्री पाए पनि सरकारमा आउने टिप्पणी गरेका...

सरकारलाई दिएको समर्थन फिर्ता लिने उपेन्द्र यादवको चेतावनी
शुक्रबार, माघ २०, २०७९
सरकारमै रहेका दलहरूले संघीयता र समावेशीता जस्ता राजनीतिक उपलब्धी समाप्त गर्ने षडयन्त्र गरिरहेको अध्यक्ष यादवको आरोप छ । यादवले भने, ‘यदि संघीयता र समावेशीताविरुद्ध सत्ताधारी दल र मन्त्रीहरू लागिरहने हो भने सरकारलाई दिएको समर्थन फिर्ता लिएर जसपा सडक संघर्षमा उत्रिन्छ।’

सरकार छोड्ने\नछोड्ने रास्वपाले दुई दिनपछि मात्रै निर्णय गर्ने, प्रचण्ड र ओलीको फोनले रोकियो
बिहीबार, माघ १९, २०७९
बैठकअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी ओलीले दुई दिनको समय माग गरेकाले आग्रह बमोजिम दुई दिनको समय दिइएको रास्वपाका प्रवक्ता एवम् महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

अरुण चौधरीलाई छोड्न नागरिक उन्मुक्तिको २४ घण्टे अल्टिमेटम
बिहीबार, माघ १९, २०७९
१० वर्षसम्म यो विषयमा कुनै केही कारबाही नभएको र अहिले आएर पूर्वाग्रह राखेर पक्राउ गरिएको भन्दै पार्टीले २४ घन्टाभित्र रिहाई नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

बाँकेबाट पक्राउ परेका नागरिक उन्मुक्तिका सांसद चौधरीलाई जहाजबाट काठमाडौं ल्याईंदै
बिहीबार, माघ १९, २०७९
काठमाडौं । बाँकेबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीलाई काठमाडौं ल्याउने तयारी गरिएको छ । उनलाई आजै नेपालगन्जबाट हवाईमार्गमार्फत काठमाडौं ल्याउने तयारी गरिएको हो ।
स्थलमार्गबाट ल्याउँदा सुरक्षा जोखिम हुन सक्ने भएकाले हवाईमार्गमार्फत काठमाडौं ल्याउन लागिएको प्रहरीको भनाइ छ । उनलाई प्रहरीले आज बाँकेबाट पक्राउ गरेको हो ।

नागरिक उन्मुक्ति पार्टीका संघीय सांसद अरुणकुमार चौधरी बाँकेबाट पक्राउ
बिहीबार, माघ १९, २०७९
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी पक्राउ परेका छन् । उनलाई बिहीबार दिउँसो बाँकेबाट प्रहरीले पक्राउ गरेको हो ।
कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीले सार्वजनिक सम्पत्तिमा आगजनी गरेको मुद्दाका दोषी हुन् । चौधरी नागरिक उन्मुक्ति पार्टीका सचेतक फरार प्रतिवादी हुन् ।

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक, सरकारबाट बाहिरिन सक्ने
बिहीबार, माघ १९, २०७९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागिताका विषयमा छलफल गर्न केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठक केन्द्रीय कार्यालय बसुन्धारामा ३ बजेका लागि बोलाइएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सरकारमा सहभागिताका विषयमा निर्णय गर्नका लागि केन्द्रीय समिति र संसदीय दलको बैठक...

रवि लामिछानेकाे चेतावनी: मेरो मौनता आजसम्मका लागि मात्रै हो
बिहीबार, माघ १९, २०७९
उनले नागरिकता लिएसँगै खोसिएको गृहमन्त्रीको पद पुनः चाहिरहेका छन् । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने अदालतको पूर्णपाठ नआउँदासम्म लामिछानेलाई गृहमन्त्रीको जिम्मेवारी दिन खोजिरहेका छैनन् ।
सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने रविलाई गृहमन्त्री दिन अदालतको पूर्ण पाठ नचाहिने बताएपछि रविले मौनता तोड्ने बताएका हुन् ।
साताको लोकप्रीय