Sajha Post
रामेछापमा कांग्रेसका कान्छाराम विजयी, जिल्लामा गठबन्धनकोे क्लिन स्वीप 
रामेछापमा कांग्रेसका कान्छाराम विजयी, जिल्लामा गठबन्धनकोे क्लिन स्वीप  काठमाडौं । रामेछापबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका पूर्ण बहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणना परिणाम अनुसार उनी आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका कैलास ढुङ्गेललाई १६ हजार ३६९ मतले पछि पार्दै विजयी भएका हुन् ।
माधव नेपालको पार्टीले कटायो २ लाख भोट, एमालेको मत २२ लाख नाघ्यो 
माधव नेपालको पार्टीले कटायो २ लाख भोट, एमालेको मत २२ लाख नाघ्यो  काठमाडौं । प्रत्यक्ष तर्फ १० सिट जितेपनि समानुपातिक तर्फ थ्रेस होल्ड कटाउन संघर्ष गरिरहेको नेकपा एकीकृत समाजवादीले २ लाख भोट नघाएको छ । मतगणनाको पछिल्ला विवरण अनुसार माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले २ लाख ७ हजार २ सय ७३ मत ल्याएको छ । राति १०ः ३० बजेसम्म ८० लाख ५०...
मोरङ–१ बाट कांग्रेसका डिगबहादुर लिम्बु निर्वाचित
मोरङ–१ बाट कांग्रेसका डिगबहादुर लिम्बु निर्वाचित काठमाडौं । मोरङ–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका डिगबहादुर लिम्बु निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार घनश्याम खतिवडालाई पराजित गरेका हुन् । डिगबहादुरले २७ हजार २९७ मत पाए भने खतिवडाले २६ हजार ८६७ मत पाए ।
माओवादी उपमहासचिव मात्रिका यादव पराजित, धनु्षा-१  बाट जसपाका कार्की विजयी 
माओवादी उपमहासचिव मात्रिका यादव पराजित, धनु्षा-१ बाट जसपाका कार्की विजयी  जनकपुरधाम । धनुषा -१  बाट प्रतिनिधि सभा सदस्यमा जनता समाजवादी पार्टीका दीपक कार्की निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई ५ हजार ४८ मतान्तरले पराजित गर्दै कार्की निर्वाचित भएका हुन् ।
राजेन्द्र महतोलाई हराउँदै सर्लाही २ बाट महिन्द्र यादव विजयी
राजेन्द्र महतोलाई हराउँदै सर्लाही २ बाट महिन्द्र यादव विजयी काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव सर्लाही निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर उम्मेदवारी दिएका यादवले लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोलाई हराउँदै लगातार तेस्रोपटक विजयी भएका हुन् । यादवले २३ हजार ५२९ मत ल्याउँदा...
 इलाम २ मा अन्तिम वडाको मत गन्दा गन्दै रोकियो
 इलाम २ मा अन्तिम वडाको मत गन्दा गन्दै रोकियो काठमाडौं । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको इलाम २ को मतगणना रोकिएको छ ।   अन्तिम वडाको मतगन्दा गन्दै गणना रोकिएको छ । यहाँ  दुईजना कडा प्रतिस्पर्धा छ ।
प्रम देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता 
प्रम देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार उनीहरुबीच भेटवार्ता भएको हो। भेटमा दुई नेताबीच अहिलेकै सत्तारुढ गठबन्धनको सरकार बनाउने विषयमा छलफल भएको उनीहरु निकट नेताहरुले बताएका छन् ।
सुनसरी २ मा एमालेका भीम आचार्यको जित सुनिश्चित 
सुनसरी २ मा एमालेका भीम आचार्यको जित सुनिश्चित  काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य भीम प्रसाद आचार्य सुनसरी २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने निश्चित भएको छ । २६ सय मत गणना बाँकी रहँदा ५ हजार बढीले अग्रता लिएपछि आचार्यको जित सुनिश्चित भएको हो ।
समानुपातिकमा कांग्रेसले पनि २० लाख मत नघायो
समानुपातिकमा कांग्रेसले पनि २० लाख मत नघायो काठमाडौं । नेपाली कांग्रेसले पनि समानुपातिक तर्फ २० लाख मत कटाएको छ । मतगणनाको पछिल्लो विवरण अनुसार कांग्रेसले २० लाख ५ हजार  १४१ मत पाएकाे छ ।  पहिलो स्थानमा रहेको एमालेले २०  लाख  ७८ हजार  ३९७  मत पाएको छ ।
Weather Update