Sajha Post
समानुपातिकमा माओवादीले स्वतन्त्र पार्टीलाई उछिन्यो 
समानुपातिकमा माओवादीले स्वतन्त्र पार्टीलाई उछिन्यो  काठमाडौं । समानुपातिक मत तर्फ नेकपा माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिनेको छ । पछिल्लो गणना अनुसार माओवादीले ८ लाख कटाएको छ भने स्वतन्त्र पार्टी आठ लाख तल नै छ । माओवादी केन्द्र तेस्रो स्थानमा उक्लेको छ ।
समानुपातिकमा एमालेले १९ लाख कटायो, कांग्रेस पछि-पछि 
समानुपातिकमा एमालेले १९ लाख कटायो, कांग्रेस पछि-पछि  काठमाडौं ।  प्रतिनिधिसभा समानुपातिकतर्फको पछिल्लो नतिजाअनुसार नेकपा (एमाले) पहिलो स्थानमा छ । एमालेले १९ लाख ११ हजार ५२७  मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १८ लाख ३९ हजार ८८४ मत पाएको छ । 
रवि लामिछानेको 'चुनाव खर्च ११ लाख ८१ हजार' 
रवि लामिछानेको 'चुनाव खर्च ११ लाख ८१ हजार'  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । चितवनको  क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानले चुनावमा ११ लाख ८१ हजार ४७२ खर्च भएको बताएका छन् । सामाजिक सञ्जाल मार्फत उनले चुनाव खर्च सार्वजनिक गरेका हुन् 
भानुभक्त ढकाल २२ हजारको अन्तरले हारे, सुनील शर्मा विजयी 
भानुभक्त ढकाल २२ हजारको अन्तरले हारे, सुनील शर्मा विजयी  काठमाडौं । मोरङ ३ बाट नेपाली कांग्रेसका सुनिल शर्मा निर्वाचित भएका छन् । एमालेका भानुभक्त ढकाललाई २२ हजार ७३६ मतान्तरले  पराजित गर्दै कांग्रेसका शर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । 
एमालेका विजय सुब्बालाई हराउँदै तेह्रथुममा कांग्रेसकी सीता गुरुङ निर्वाचित
एमालेका विजय सुब्बालाई हराउँदै तेह्रथुममा कांग्रेसकी सीता गुरुङ निर्वाचित काठमाडौं । तेह्रथुमबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसकी सीता गुरुङ निर्वाचित भएकी छन् । नेकपा एमालेका विजय सुब्बालाई एक हजार ७९ मतान्तरले पराजित गर्दै गुरुङ निर्वाचित भएकी हुन् । गुरुङले १९ हजार ७०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सुब्बाले १८ हजार ६२३ मत पाएका छन् ।
एमालेका बृजेश गुप्तालाई हराउँदै कपिलवस्तु २ मा कांग्रेसका सुरेन्द्र आचार्य विजयी
एमालेका बृजेश गुप्तालाई हराउँदै कपिलवस्तु २ मा कांग्रेसका सुरेन्द्र आचार्य विजयी काठमाडौं । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका सुरेन्द्र राज आचार्य निर्वाचित भएका छन् । आचार्यले एमालेका बृजेश गुप्तालाई पराजित गरे  । उनले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा पराजित भएका गुप्ताले ३८ हजार ६९७ मत पाएका छन् ।बृजेशले २०७४ सालमा यही क्षेत्र बाट जितेका थिए।
बारा २ बाट जसपाका रामसहाय यादव निर्वाचित 
बारा २ बाट जसपाका रामसहाय यादव निर्वाचित  काठमाडौं । बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका शिवचन्द्र कुशवाहालाई पराजित गर्दै यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
चित्रलेखा यादव पराजित, सिरहा २ बाट राजकिशोर यादव निर्वाचित 
चित्रलेखा यादव पराजित, सिरहा २ बाट राजकिशोर यादव निर्वाचित  काठमाडौं । सिरहा–२ मा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार राजकिशोर यादव निर्वाचित भएका छन् । यादवले नेपाली कांग्रेसकी चित्रलेखा यादवलाई पराजित गर्दै सिरहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
नुवाकोट २ बाट अर्जुननरसिंह केसी विजयी 
नुवाकोट २ बाट अर्जुननरसिंह केसी विजयी  काठमाडौं । नुवाकोटको निर्वाचन क्षेत्र नं २ बाट  नेपाली कांग्रेसका उम्मेदवार अजुर्ननरसिंह केसी निर्वाचित भएका छन् । सत्तारुढ पाँच दलीय  गठबन्धनका साझा उम्मेदवार केसीले २८ हजार एक सय सात मत ल्याएर विजयी भए ।
हुम्लाबाट माओवादीका कार्चेन लामा विजयी 
हुम्लाबाट माओवादीका कार्चेन लामा विजयी  काठमाडौं । हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका छिरिङ डम्दुल लामा (कार्चेन लामा) निर्वाचित भएका छन् । उनले १४ हजार ३७१ मत ल्याएर जित्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दल रावलले ९ हजार ५१६ मत पाए ।
प्रचण्डको गृहक्षेत्र चितवन ३ मा राप्रपाका विक्रम पाण्डे विजयी 
प्रचण्डको गृहक्षेत्र चितवन ३ मा राप्रपाका विक्रम पाण्डे विजयी  चितवन । चितवन क्षेत्रनबंर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे  निर्वाचित भएका छन् । पाण्डेले सत्तारूढ गठबन्धनका उम्मेदवार रहेका माओवादी केन्द्रकै डा.भोजराज अधिकारीलाई पराजित गरेका हुन् ।
 हारे घनश्याम भुसाल, रुपन्देही १ मा एमालेका छविलाल विजयी 
 हारे घनश्याम भुसाल, रुपन्देही १ मा एमालेका छविलाल विजयी  काठमाडौं । रुपन्देहीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन् । उनले स्वतन्त्र उम्मेदवार तथा पूर्व एमाले नेता घनश्याम भुसाललाई ३ हजार ५ सय ६४ मतले पछि पारे । 
Weather Update