Sajha Post
प्रचण्डप्रति लिङदेनको कटाक्ष : प्रधानमन्त्रीलाई नयाँ गाडी चलाउन दिँदा पुरानोमा फर्किनु भयो
प्रचण्डप्रति लिङदेनको कटाक्ष : प्रधानमन्त्रीलाई नयाँ गाडी चलाउन दिँदा पुरानोमा फर्किनु भयो काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति व्यंग्य गर्दै पुरानो गाडी चलाउन ड्राइभर फर्किएपछि आफूले सत्ताबाट बाहिरिनुपरेको बताएका छन् । सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो व्यंग्य गरेका हुन् ।
प्रधानमन्त्रीलाई विष्णु पौडेलको प्रश्नः एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग गर्नुको कारण के हो ? 
प्रधानमन्त्रीलाई विष्णु पौडेलको प्रश्नः एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग गर्नुको कारण के हो ?  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमाले नेतृत्वको गठबन्धनसँगको सहयात्रा तोड्नु पर्ने कारण माग गरेका छन् ।  सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै पौडेलले एमालेसँगको सहयात्रा तोडेर कांग्रेससँग गठबन्धन गर्नुको कारण माग गरेका हुन् ।
गठबन्धनबाट स्थायित्व ल्याउनुपर्छ : देउवा
गठबन्धनबाट स्थायित्व ल्याउनुपर्छ : देउवा काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक दलहरूबीचको गठबन्धनले मुलुकमा स्थायित्व ल्याउनुपर्ने बताएका छन् ।प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका लागि राखेको प्रस्तावमाथि आफ्ना धारणा राख्दै सभापति देउवालेसंविधानको वर्तमान निर्वाचन प्रणालीले प्रतिनिधिसभामा एउटा मात्रै राजनीतिक दलको बहुमत आउने अवस्था नरहेकाले गठबन्धनको अभ्यास गर्नुपर्ने बताए ।
प्रचण्डको प्रश्न : एमाले र राप्रपाले किन विश्वासको मत फिर्ता लिए ?
प्रचण्डको प्रश्न : एमाले र राप्रपाले किन विश्वासको मत फिर्ता लिए ? काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नियुक्तिको छोटो अवधिमै विश्वासको मत लिनुपर्छ भन्ने नसोचेको बताएका छन् । ‘यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइनँ ।’ सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले भने, सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने मेरो प्रस्तावछि राप्रपा र एमालेका मन्त्रीहरुले राजीनामा दिनुभयो ।’
एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने 
एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने  नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई विश्वासको मत नदिने भएको छ ।एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले 'प्रचण्ड'लाई विश्वासको मत दिन नसक्ने बताएका हुन् ।
नव निर्वाचित उपराष्ट्रपतिले आज शपथ लिने
नव निर्वाचित उपराष्ट्रपतिले आज शपथ लिने बिहान १० बजे शीतल निवासमा शपथ ग्रहण कार्यक्रम राखिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई शपथ खुवाउने छन् । जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते सत्ता गठबन्धन दलका सांसदको समर्थनमा उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल चैत ४ गते...
प्रधानमन्त्री प्रचण्डले आज दोस्रो पटक विश्वासको मत लिँदै
प्रधानमन्त्री प्रचण्डले आज दोस्रो पटक विश्वासको मत लिँदै काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । नेकपा एमाले र राप्रपाले सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्डले दोस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।   संविधानको धारा १०० (२) मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता...
Weather Update