scheduleआइतवार आषाढ़ १ गते, २०७६

TAG

Tag: अफ्रिकी मुलुक मौरिसस
    मौरिसस जाने १६ नेपालीलाई फर्कायो अध्यागमनले
    मौरिसस जाने १६ नेपालीलाई फर्कायो अध्यागमनले
    अफ्रिकी मुलुक मौरिसस

    काठमाडौँ, २९ जेठ ।  रोजगारीका लागि अफ्रिकी मुलुक मौरिसस जाने तयारीमा रहेका १६ नेपालीलाई अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फिर्ता पठाइदिएको छ । नेपाल एयरलाइन्सको उडानबाट दुवई हुँदै मौरिसस जाने तयारीमा रहेका उनीहरुको पासपोर्ट विभागले जफत गरी अनुसन्धानमा पठाएको छ । मौरिससमा रहेको एकै कम्पनीमा कामको लागि जान लागेका उनीहरुसँग ई–भिसा प्राप्त भएको प्रामाणिक कागजात नभएको जानकारी विभागले दिएको छ । गौशालामा रहेको जस्मिन इन्टरनेशनल प्रालिलाई प्रतिव्यक्ति १ लाख ७० हजार तिरेर कागजात मिलाएको पत्रमा खुलासा गरिएको छ । वैदेशिक रोजगार विभाग काठमाडौंले समेत उनीहरुको बारेमा केही बताउन नसकेपछि थप छानबिनको लागि उनीहरुको कागजात वैदेशिक रोजगार विभागमा पठाइएको छ । नेपाल समाचारपत्रमा खबर छ ।  

    आजको लोकप्रिय

    Vianet
    Sajhajob