scheduleशनिवार आश्विन ४ गते, २०७६

TAG

Tag: अभिनेत्री प्रियंका कार्की
    माइनस ४ डिग्री तापक्रममा आर्यन र प्रियंकाको रोमान्स
    माइनस ४ डिग्री तापक्रममा आर्यन र प्रियंकाको रोमान्स
    अभिनेत्री प्रियंका कार्की

    काठमाडौं, २७ माघ । कुनै समय नेपाली फिल्ममा आफ्नो वर्चश्व कायम गर्न सफल चकलेटी हिरो आर्यन सिग्देल र अहिलेकी सर्वाधिक व्यस्त नायिक प्रियंका कार्की फेरी एकसाथ फिल्ममा देखा पर्दैछन् । कलिउड, क्लासिक, माला, छक्का पञ्जालगायतका फिल्ममा सँगै काम उनीहरु विकासराज आचार्य निर्देशित नयाँ फिल्म ‘हजार जुनीसम्म’ मा जोडीको रुपमा देखिंदैछन् । उनीहरु यस फिल्ममा पूर्व प्रेम/प्रेमिकाको भूमिकामा देखिने बताइएको छ । फिल्ममा आर्यन एक छोराको पिताको भूमिकामा छन् । यस फिल्मबाट हिरोको रुपमा अक्की प्रधानले डेब्यु गरेका र फिल्ममा अक्की, आर्यनको छोराको भूमिकामा देखिनेछन् । उनको जोडी अभिनेत्री स्वस्तिमासँग बाँधिएको छ । सलोन बस्नेत, शिवहरी पौडेल, उत्तम केसीलगायतका कलाकारहरुको पनि यसमा अभिनय रहेको छ । हालै फिल्मको एक रोमान्टिक गीत सिक्किमको हिमाली भेगमा खिचिएको छ । माइनस ४ डिग्री तापक्रम रहेको चाँगु लेकमा खिचिएको गीतमा आर्यन र प्रियंकालाई फिचर गरिएको छ । गीत छायांकनको क्रममा खिचिएको तस्विरमा दुईलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।...

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage