TAG
- अमेरिकाअमेरिकामा सुई लगाएर मृत्युदण्ड

अमेरिकाको न्यूजर्सीमा गोली चल्यो, ६ जनाको मृत्यु
अमेरिका
एजेन्सी, २५ मंसिर । अमेरिकाको न्यूजर्सी राज्यको जर्सी शहरमा भएको गोलाबारीमा एक प्रहरी अधिकारी सहित ६ जना मारिएका छन् । घटनामा दुईजना प्रहरी घाइते भएका छन् । शहरको ग्रीनविले इलाकामा दुवैतर्फबाट झण्डै एक घण्टासम्म गोली हानाहान भएको थियो । प्रहरीमाथि किन र कसले गोली चलायो भन्ने अझै एकीन हुन नसकेको बीबीसीले लेखेको छ । सरकारी अधिकारीहरुले हमलामा चरमपन्थीहरुको हात हुन सक्ने तर्क गरेका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार एक सुपरमार्केटमा लुकेका हमलाकारीले गोली हान्न सुरु गरेका थिए । मारिनेमध्ये दुईजना संदिग्ध आक्रमणकारी रहेको प्रहरीले जनाएको छ ।