scheduleसोमवार आश्विन ६ गते, २०७६

TAG

Tag: आमन्त्रण भलिबल
    ३ दिने राष्ट्रिय महिला भलिबल पोखरामा हुँदै
    ३ दिने राष्ट्रिय महिला भलिबल पोखरामा हुँदै
    आमन्त्रण भलिबल

    पोखरा, ११ भदौ । हरितालिका तीज महोत्सवको अवसर पारेर हरेक वर्ष आयोजना हुने महिला राष्ट्रिय भलिबल यस पटक पोखरामा आयोजना गरिने भएको छ । तीजको अवसरमा चल्ने उक्त प्रतियोगिता ३ दिनसम्म चल्ने भएको छ । यस पटको प्रतियोगिता लामाचौरस्थित नवआदर्श सामुदायिक विकास समाजले आयोजना गर्न लागेको छ । पोखराको लामाचौरमा हुने प्रतियोगितामा विभागिय क्लब एपिएफ र नेपाल पुलिससहित ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । न्यू डायमण्ड एकेडेमी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, पश्चिमाञ्चल भलिबल र चितवन टाईगर्स सहभागि हुने आयोजकले बताएको छ । भदौ १४ गतेबाट १६ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ पुरस्कार पाउनेछ । दोस्रो हुने टोलीले ६५ हजार रुपैयाँ पाउँदा तेस्रो हुने टोलीले २५ हजार पाउनेछ ।  

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage