scheduleबिहिवार आषाढ़ ५ गते, २०७६

TAG

Tag: इरानी तेल
    इरानी तेल आयातमा दिइएको छुट अन्त्य गर्ने ह्वाइट हाउसको तयारी
    इरानी तेल आयातमा दिइएको छुट अन्त्य गर्ने ह्वाइट हाउसको तयारी
    इरानी तेल

    वासिङ्टन, ९ वैशाख । संयुक्तराज्य अमेरिकाले इरानी खनिज तेलको आयात रोक्न अन्यथा प्रतिबन्धको सामना गर्न आयातकर्ताहरुलाई चेतावनी दिने तयारी गरेको छ । अमेरिकाले यससम्बन्धी घोषणा स्थानीय समयअनुसार सोमबार गर्ने अपेक्षा गरिएको ह्वाइट हाउस स्रोतले जनाएको छ । अमेरिकी तयारीबारे समाचार सार्वजनिक भएलगत्तै विश्व बजारमा कच्चा तेलको मूल्यमा ३ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धिसँगै सन् २०१९ मा तेलको मूल्य सबैभन्दा उच्च विन्दुमा पुगेको छ । अमेरिकी अखबार वासिङ्टन पोस्टले समेत गत वर्ष इरानी तेलको आयातमा केही आयातकर्तालाई दिइएको छुट तत्काल अन्त्य गर्न ह्वाइट हाउसले तयारी गरेको समाचार छापेको थियो । बेन्चमार्क कच्चा तेलको मूल्यमा सोमबार ३.२ प्रतिशतसम्म वृद्धि भएर प्रति ब्यारेल ७४.३१ अमेरिकी डलर पुगेको छ । यो दर गत वर्ष नोभेम्बर १ को तुलनामा सबैभन्दा उच्च हो । इरानी तेलमाथि हुने प्रतिबन्धले आयातमा प्रभाव पर्नेछ । अमेरिकी कम्पनी वेस्ट टेक्सास इन्टरमेडियट (डब्लुटीआई) को मूल्यमा पनि ३ प्रतिशत वृद्धि भएर प्रति ब्यारेल ६५.८७...

    आजको लोकप्रिय

    Vianet
    Sajhajob