scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

TAG

Tag: उद्वार
    सुत्केरी वार्डबाटै नवजात शिशु चोर्ने नन्द-भाउजु पक्राउ
    सुत्केरी वार्डबाटै नवजात शिशु चोर्ने नन्द-भाउजु पक्राउ
    उद्वार

    काठमाडौं, २६ असार । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बुधबार राति अपहरण गरिएका एक शिशुको  सकुशल उद्वार गरिएको छ । शिशु अपहरण भएको जानकारी पाउनासाथ प्रहरीले उद्वार गरेको हो । अस्पतालको प्रसूति वार्डबाटै अपहरणमा परेका भोक्राहा–१ की बबिता मेहताका १३ दिने छोराको तीन घण्टापछि उद्धार गरिएको हो । बबिता र उनका कुरुवा भजित रोशन निदाएको मौका छोपी दुई जना महिलाले ती नवजात शिशुको अपहरण गरेका थिए। नवजात शिशुको अपहरणमा संलग्न दुई महिलालाई धरान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १५ माइती भई भारतको दिल्ली बस्ने २७ वर्षीया लीला विक र उनकी भाउजू मीना लिम्बू (विक) छन् । विक र लिम्बुले नवजात शिशुलाई दिल्ली लैजाने तयारी गरेको प्रहरीले जनाएको छ । लीलाले आफ्नो कुने सन्तान नभएकाले  छोरा बनाई पाल्ने उद्देश्यले नवजात शिशुको अपहरण गरेको बयान प्रहरीलाई दिएकी छिन् । विक र लिम्बुले यसरी चोरेका थिए शिशुलाई लीला कुरुवाको भेषमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो वार्डमा केही दिनदेखि...

    आजको लोकप्रिय

    IME
    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage