scheduleमगलवार मंसिर ३ गते, २०७६

TAG

Tag: एटिएम ह्याकिङ
    एटिएम ह्याकिङ प्रकरणः चिनियाँ नागरिक जेल चलान, ३ नेपाली भने धरौटीमा रिहा
    एटिएम ह्याकिङ प्रकरणः चिनियाँ नागरिक जेल चलान, ३ नेपाली भने धरौटीमा रिहा
    एटिएम ह्याकिङ

    काठमाडौं, २१ कात्तिक । उच्च अदालत पाटनले एटिएम ह्याकिङ प्रकरणमा संलग्न ६ चिनियाँ नागरिकलाई थुनामा राख्न आदेश दिएको छ । पाटन अदालतका न्यायाधीश रामप्रसाद ओली र किरण पौडेलको इजलासले चिनियाँ नागरिक झु लियाङ्गगाङ्ग , चेन बिनबिन , लिन जियानमेङ्ग , लु जियालेई, कियु युनकिङ्ग, जु लुक्लीलाई थुनामा राख्न आदेश दिएको हो। त्यस्तै अदालतले ह्याकिङमा संलग्न नेपाली नागरिक देवनाथ लामिछाने, रेवती दुवाडी र रोशन प्रधानलाई धरौटीमा छोड्न आदेश गरेको छ।लामिछानेसँग ३० लाख धरौटी, दुवाडी र प्रधानसँग २६/२६ लाख धरौटी माग गरी रिहा गर्न उक्त इजलासले आदेश गरेको हो। प्रहरीले भदौ १६ गते ठमेलमा रहेको डिस्को र नेपालय मनिचेन्जरका देवनाथ लामिछाने सहित रोसन प्रधान श्रेष्ठ र रेवती दवाडीलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले पक्राउ परेका विदेशी नागरिकको साथबाट १ करोड २६ लाख २९ हजार ४५ नेपाली रुपैयाँ र ९ हजार १ सय ८ अमेरिकी डलर बरामद गरेको थियो।  

    आजको लोकप्रिय

    IME
    Peoples Dental college
    Nepali Patro
    Vianet
    default-addImage