scheduleमगलवार जेष्ठ ७ गते, २०७६

TAG

Tag: एलो रिभर
    ४८२ किलोमिटर टाढादेखि ल्याएर ‘एलो रिभर’को पानी सिओनगानमा
    ४८२ किलोमिटर टाढादेखि ल्याएर ‘एलो रिभर’को पानी सिओनगानमा
    एलो रिभर

    झेङझाओ, ३० फागुन । चीनको दोस्रो लामो नदी ‘एलो रिभर’ को करिब आठ करोड क्युविक मिटर पानीलाई उत्तरी हेवेई प्रान्तको सिओनगान नयाँ क्षेत्रमा निर्मित प्रमुख मानवनिर्मित तालमा मिसाइएको छ । नदीको पानीलाई करिब ४८२ किलोमिटर टाढादेखि ल्याएर विगत तीन महिनाको समयमा तालमा मिसाइएको हो । नदीको प्राकृतिक प्रवाहबाट उक्त मात्रामा पानीलाई मार्ग परिवर्तन गर्न चीनको बार्षिक ‘वाटर डाइभर्सन’ आयोजनाले सन् २०१८ नोभेम्बर २९ देखि काम शुरू गरी सन् २०१९ को मार्च १० मा सम्पन्न गरेको हो । वैयाङदिअन तालको वातावरणलाई सुधार गर्ने र धार परिवर्तन गरिएको नदीको पानी जाने बाटोमा पर्ने शहरी क्षेत्रमा खानेपानीको अभाव पूर्ति गर्ने लक्ष्य आयोजनाको रहेको हेनान एलो रिभर विभागले जनाएको छ । हेनान प्रान्तको पुयाङ जिल्लाबाट नदीको पानीलाई नहरका रूपमा धार परिवर्तन गराइएको र वैयाङदिअन तालसम्म पुर्‍याइएको छ । आयोजना स्थायी पानी संरक्षणका कार्यक्रम अन्तर्गतको पहिलोे नमूना योजना हो । बेइजिङबाट १०० किलोमिटर दक्षिणपश्चिममा पर्ने नयाँ आर्थिक इलाका...

    आजको लोकप्रिय

    NTC
    Vianet
    Sajhajob