scheduleसोमवार आश्विन ६ गते, २०७६

TAG

Tag: एसीसी यू १९ एसिया कप
    एसीसी यू-१९ एसिया कपः युएईविरुद्ध नेपालको फराकिलो जित
    एसीसी यू-१९ एसिया कपः युएईविरुद्ध नेपालको फराकिलो जित
    एसीसी यू १९ एसिया कप

    काठमाडौं, २४ भदौ । श्रीलंकामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा समुह बी को अन्तिम खेलमा नेपालले यूएईविरुद्ध फराकिलो जित निकालेको छ । नेपालले प्रस्तुत गरेको २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको यूएईमाथि नेपाली बलरहरु हावी हुँदा युएई ३४.४ ओभरमा अलआउट हुँदै केवल १२५ रनमा समेटिएपछि नेपाल १६० रनले विजयी भएको हो । नेपालका लागि स्पिनर सागर ढकालले ७ ओभर बलिङ गर्दा २ मेडनसहित केवल २० रन दिएर ३ विकेट लिए । पवन सर्राफ, सूर्य तामाङ र रासिद खानले समान २/२ विकेट लिए भने कमल सिंह ऐरीले १ विकेट लिए । नवौं ओभरको पाँचौ बलमा यूएईको पहिलो विकेट गुम्यो । कमलसिंह ऐरीले आशिफ शेखबाट निल रोहन लोबोलाई ५ रनमा क्याच आउट गराए भने १३ औं ओभरको अन्तिम बलमा अर्का ओपनर सैइद हैदरलाई सागर ढकालले १५ रनमा एलबी डब्लू आउट गर्दै पेभेलियन फर्काए । लगत्तै १८ औं ओभरको चौथो बलमा सागरले नै अरबिन्द्र रुद्रबेललाई २८ रनमा बोल्ड आउट गरे । उनी ३४ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै आक्रामक खेलिरहेका थिए । त्यसअघि यूएई टस जितेर ब्याटिङको निम्तो दिएपछि...

    आजको लोकप्रिय

    Nepali Patro
    Vianet
    default-addImage