scheduleआइतवार कार्तिक ३ गते, २०७६

TAG

Tag: कांग्रेस कमजोर
    गुटबन्दीले कांग्रेस कमजोर
    गुटबन्दीले कांग्रेस कमजोर
    कांग्रेस कमजोर

    काठमाडौँ, ९ जेठ ।  नेपाली कांग्रेसको केन्द्रीय तहमा नै मौलाएको गुटबन्दीले कार्यकर्तामा निराशा छाएको विभिन्न जिल्लाको स्थलगत भ्रमण गरेर फर्केका नेताहरूले बताएका छन् । उनीहरूले कांग्रेस कमजोर हुनुको मुख्य कारण पनि गुटबन्दी नै भएको निष्कर्ष निकालेका छन् । पार्टीको जागरण अभियानका क्रममा दुई साताजति डोटीका कार्यकर्तासँग घुलमिल हुनुभएका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं त्यहाँका आम कार्यकर्ताहरुको एउटै माग नेताहरु मिलून् भन्ने नै रहेको बताउनुहुन्छ । गुटबन्दी छाडेर सबै नेता एकढिक्का भए कम्युनिस्टसँग प्रतिस्पर्धा गर्न सकिने आम कार्यकर्ताको धारणा रहेको उहाँको निष्कर्ष छ । कांग्रेसकै अर्का नेता रामहरि खतिवडाको भनाइ पनि यस्तै छ । गुटबन्दीले कार्यकर्तामा चरम निराशा बढेको पाइएको बताउँदै उहाँ भन्नुहुन्छ– ‘मुहान धमिलो भएपछि धाराको टुकी मात्र सफा गरेर हँुदैन भनेजस्तै केन्द्रबाटै गुटवन्दीको अन्त्य गर्नुपर्छ ।’ नेपाल समाचारपत्रमा खबर छ ।  

    आजको लोकप्रिय

    Peoples Dental college
    Nepali Patro
    Parikalpana
    Mountain Delight
    Vianet
    default-addImage