scheduleबुधवार आषाढ़ ४ गते, २०७६

TAG

Tag: किम जोङ–उन
    ट्रम्पसँग वार्ता असफल भएपछि किमले दिए आफ्नै कर्मचारीलाई मृत्युदण्ड
    ट्रम्पसँग वार्ता असफल भएपछि किमले दिए आफ्नै कर्मचारीलाई मृत्युदण्ड
    किम जोङ–उन

    एजेन्सी, १७ जेठ । गत फेब्रुअरी महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको वार्ता असफल भएपछि उत्तर कोरियाली शासक किम जोङ उनले आफ्ना ५ जना अधिकारीलाई मृत्युदण्ड दिएका छन् । भियतनाममा भएको डोनाल्ड ट्रम्पसँगको वार्ता असफल भएपछि किमले ५ जना कुटनीतिक कर्मचारीलाई गोली हानी हत्या गरेको एक दक्षिण कोरियाली समाचारपत्रले उल्लेख गरेको छ । यसरी मृत्युदण्ड पाउनेमा अमेरिकाका लागि उत्तरी कोरियाली विशेष दूत किम ह्योक चोल समेत रहेको समाचारमा बताइएको छ । किम जोङ उनले ५ जना अधिकारीलाई धोका दिएको आरोपमा मृत्युदण्ड दिएका हुन् । समाचार अनुसार विशेष दूत चोलले अमेरिकालाई सूचना चुहाएको र अमेरिकी नियतको विश्लेषण नगरी वार्ता तय गरेको आरोप लगाएका थिए । गत मार्चमा मिरिम विमानस्थलमा ती ५ अधिकारीलाई फायरिङ स्क्वाडले गोली हानी मारिएको समाचारमा बताइएको छ ।  

    आजको लोकप्रिय

    Vianet
    Sajhajob