scheduleआइतवार मंसिर २९ गते, २०७६

TAG

Tag: किर्ते
    चेक चोरेर झण्डै २ करोड निकाल्ने प्राविधिक पक्राउ
    चेक चोरेर झण्डै २ करोड निकाल्ने प्राविधिक पक्राउ
    किर्ते

    काठमाडौं, १३ असोज । प्रहरीले कार्यालयको चेक चोरेर किर्ते गरी झण्डै २ करोड रकम निकाल्ने १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश कार्यालयका प्राविधिक प्रवीणकुमार ठाकुर रहेका छन् । ठाकुरले बैंक खाताबाट किर्ते गरी करोडौं रकम निकालेको प्रहरीको भनाइ छ । नेपाल–भारत सिमावर्ती क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टी मुसहरनीया गाउपालिका वडा नम्बर ३ बाट आरोपित प्रवीणकुमार ठाकुरलाई प्रहरीले पक्राउ गरेको हो । ठाकुरले परिषद्को प्रदेश कार्यालय प्रदेश नम्बर २ अन्तर्गत सञ्चालित विपि मेमोरियल पोलिटेक्निकल इनस्टिच्यूटका चेकहरु चोरी गरी विभिन्न बैंकबाट विभिन्न मितिमा किर्ते गरी १ करोड ७८ लाख १ हजार ९ सय रुपैयाँ निकालेका थिए । बयालिस वर्षीय ठाकुर परिषदमा सहायक ल्याव प्रशिक्षकको करार पदमा कार्यरत छन् । उनी महोतरी गाउँपालिका वडा नम्बर १ का बासिन्दा हुन् । प्रहरीले ठाकुरविरुद्ध चोरी तथा लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ । ठाकुरले परिषद् प्रदेश कार्यालय प्रदेश...

    आजको लोकप्रिय

    IME
    Century Bank
    Peoples Dental college
    Nepali Patro
    Nabil Bank
    Vianet
    default-addImage