scheduleमगलवार कार्तिक २६ गते, २०७६

TAG

Tag: कुखुरापालक किसान
    कुखुरापालक किसान आन्दोलनमा उत्रिए
    कुखुरापालक किसान आन्दोलनमा उत्रिए
    कुखुरापालक किसान

    बनियानी, ३ पुस । झापाका कुखुरापालक किसान आन्दोलित बनेका छन् । कुखुराको चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि भएको तथा आफूहरूले उत्पादनको गरेको कुखुराको उचित मूल्य नपाएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । विभिन्न सरोकारवाला निकायलाई समस्या समाधानका लागि ध्यानाकर्षण गराए पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको नेपाल कुखुरापालक किसान सङ्घ झापाका अध्यक्ष राजन पौडेले बताए । ‘पछिल्लो समय चल्ला र दानाको मूल्यमा अत्यधिक वृद्धि भएको छ,’ उनले भने, ‘तर, किसानले उत्पादन गरेको कुखुराको मूल्य घट्दो छ ।’ आन्दोलनस्वरूप किसानले समस्या समाधान नभएसम्म खोरमा खुकुराको चल्ला नहाल्ने निर्णय गरेको उनले बताए । नेपाल कुखुरापालक सङ्घ केन्द्रीय समितिले खोरमा कुखुराका चल्ला नराखिने निर्णय गरेकामा त्यसलाई लाई पुस १ गतेदेखि कार्यान्वयन गरिएको सङ्घका झापा सचिव डिल्ली उप्रेतीले बताए । ‘पुस १ गतेदेखि जिल्लाभरका कुखुरापालक किसानले खोरमा चल्ला नहाल्ने निर्णय गरेका छौँ,’ उनले भने, ‘किसानको समस्या सम्बोधन भएसम्म...

    आजको लोकप्रिय

    IME
    Peoples Dental college
    Nepali Patro
    Vianet
    default-addImage