scheduleआइतवार भाद्र १ गते, २०७६

TAG

Tag: कुटाइ
    हेड मास्टरको कुटाइबाट १ विद्यार्थी बेहोस, ५ जना घाइते
    हेड मास्टरको कुटाइबाट १ विद्यार्थी बेहोस, ५ जना घाइते
    कुटाइ

    सर्लाही, २ असार । शिक्षकको कुटाइबाट सर्लाहीको बरहथवा नगरपालिका -१ हजरियामा ६ जना विद्यार्थी घाइते भएका छन् । बाग्मती सामुदायिक विद्यालयका कक्षा १ देखि ३ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीलाई प्रधानाध्यापक महेन्द्रप्रसाद रायले सोमबार बिहान बेहोस् हुने गरी कुटपिट गरेका थिए। कुटाइबाट कक्षा ३ मा पढने छात्र १० वर्षीय सञ्जीव सहनी बेहोस भएका छन भने उनीसगै पढ्ने अरु पाँच जनाको शरीरको विभिन्न ठाउँमा गहिरो चोट लागेको छ। बिहान प्रार्थनाका बेला लाइनमा सिधा नबसेको भन्दै रायले विष्णुधर सहनी, गजेन्द्र सहनी, राजकिश्वर सहनी, कैलाश सहनी र तेतरीदेवी सहनीलाइ लठ्ठीले निर्मम तरिकाले कुटेर घाइते बनाएका थिए । घाइतेमध्ये बेहोस भएका सञ्जीव सहनीको बरहथवामा रहेको भेनस हेल्थ केयर सेन्टरमा उपचार भैइरहेको छ। अन्य विद्यार्थी भने सामान्य उपचारपछि घर फर्किएका छन्। तर प्रअ रायले अनुशासन कायम गराउन बिहान लाइन राख्ने बेला सामान्य मात्र कुटेको  र कमजोर विद्यार्थी भएकाले गर्मीको कारण बेहोस् भएको बताएका छन्।  

    आजको लोकप्रिय

    Vianet
    default-addImage