scheduleबिहिवार भाद्र ५ गते, २०७६

TAG

Tag: कुर्सी
    उपमहानगरपालिकाको बैठकमा कुर्सी हानाहान
    उपमहानगरपालिकाको बैठकमा कुर्सी हानाहान
    कुर्सी

    बारा, ८ असार । बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको कार्यपालिका बैठकमा कुर्सी हानाहान भएको छ । बैठकमा राष्ट्रिय जनता पार्टी र नेपाली काँग्रेसका ७ जना वडा अध्यक्षहरुले कुर्सी हानाहान गरेका हुन् । आर्थिक बर्ष २०७५/०७६ को आम्दानी र खर्च पारदर्शी नगरेको, आर्थिक वर्ष २०७६/०७७ को लागि आएको बजेट १ खर्ब २८ करोड ८५ लाख ६६ हजारको बाड्फाड गोप्य राखेको, नगरस्तरीय बजेट थुपारेर कार्यकर्ता पाल्ने खेलमा लागेको लगायतको आरोप उनीहरुको छ । उनीहरुले कार्यपालिका बैठकमै नाराबाजी गर्दै मेयरलाई कालो झण्डा देखाएका थिए । केही बेर उनीहरु हातमा कालो कपडा बाँधी मुल गेटमा प्रदर्शनमा उत्रिए । वडा नं. ७ का वडा अध्यक्ष रामबाबु गुप्ताले कार्यपालिका बैठकमा भएको निर्णयको माईन्युटमा आफनो असहमति जनाउन पाउने की नपाउने भनी प्रश्न गरे । कार्यपालिका बैठकको माईन्युटमा नोट अफ डिसेन्ट लेख्ने अधिकार भएपनि पनि मेयरले बहुमतको दम्भमा लेख्न नदिएको उनको भनाइ छ । त्यस्तै वडा नं. १० का वडा अध्यक्ष सरोज पटेलले मेयर, उपमेयर सबै नगरस्तरीय बजेट आफना पार्टीका...

    आजको लोकप्रिय

    Vianet
    default-addImage