scheduleशुक्रवार चैत्र २१ गते, २०७६

TAG

Tag: कोरोना भाइरल
    उच्च मनोबलले मात्रै कोरोनाविरुद्धको लडाईं जित्छौँ : अध्यक्ष दाहाल
    उच्च मनोबलले मात्रै कोरोनाविरुद्धको लडाईं जित्छौँ : अध्यक्ष दाहाल
    कोरोना भाइरल

    काठमाडाैं, १५ चैत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सरकार र आमजनताले कोरोना विरुद्धको लडाईंमा देखाएको सावधानीप्रति धन्यवाद दिँदै थप सतर्क हुन आग्रह गरेका छन् । अध्यक्ष दाहालले शनिबार एक भिडियो सन्देश दिँदै विश्वलाई नै चुनौती दिएको यस महामारीबाट हामी छिट्टै मुक्त हुने र मानव जाति तथा राष्ट्रको एकता र उच्च मनोबलले हामी विजयी हुने दृढ विश्वाससमेत व्यक्त गरेका छन् । सरकारले कोरोना नियन्त्रणमा अपनाएको सार्थक प्रयासको विशेष धन्यवाद दिँदै उनले भनेका छन्, ‘विश्व स्वास्थ्य सङ्गठनले समेत नेपाललाई उच्च जोखिममा रहेको देशका रुपमा चित्रण गरेको सन्दर्भमा म नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकार तथा नेकपाका सबै तहका नेता तथा कार्यकर्तालाई स्वयंसेवीका रुपमा यस सङ्कटको घडीमा परिचालित हुन र कोरोनाविरुद्धको लडाईँमा सावधानीपूर्वक नेतृत्व गर्न आग्रह गर्दछु ।’ कोरोना भाइरसका कारण आजसम्म संसारभरका करिब छ लाख मानिस प्रभावित भएका छन् भने २७ हजार बढीको मृत्यु भएको छ । विश्व...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage