TAG

सबै चाहन्छन् जीवनमा बुढापन चाँढै नआओस् तर चाहेर मात्रै बुढ्यौली कहाँ रोक्न सकिन्छ र ? तर तपाईले अनुभव गर्नुभएकै होला एकै उमेरका दुई मानिसहरुको पनि बुढ्यौलीपन फरक पर्न सक्छ ? जस्तो देश र समाजअनुसार मानिसको औसत आयू पनि फरक हुन्छ । हामीले खाने खानेकुरा र जीवनशैलीले पनि बुढ्यौलीपनमा असर पार्न सक्छ । हामी के खान्छौं र कति खान्छौं ? यसलाई सामान्य ध्यान दिँदा पनि हामी ज्यादा जवान रहन सक्छौं । कतिपय खानेकुरामा नियन्त्रण गर्दा पनि हामी लामो समयसम्म जवान हुनसक्छौं । चिनी धेरै चिनी वा गुलियो पदार्थको सेवनले छालालाई कालेजन अथवा छालालाई कसिलो राख्नमा मद्दत गर्ने तत्व)मा क्षति हुन्छ । यसले छालामा चाउरी पर्दछ । यसलाई हटाउनको लागि चिनीको सट्टा गुलिया फलफूल खानाले तपाईको स्वास्थ्यलाई मजबुद राख्दछ र तपाई जवान बन्न सक्नुहुन्छ । नुन प्याक गरिएको खानेकुरामा यदि नुनको मात्रा धेरै छ भने यसमा रहेको सोडियम पफीले अनुहारलाई थकित बनाउँछ । यति मात्र होइन प्रत्येक दिन धेरै नुन खानाले अनुहारमा कम उमेरमै बुढौली छाउँछ । मसलादार खानेकुरा धेरै...