scheduleसोमवार फाल्गुन १२ गते, २०७६

TAG

Tag: गल्छी
    अब त्रिशुली वारिपारि समानान्तर सडक
    अब त्रिशुली वारिपारि समानान्तर सडक
    गल्छी

    काठमाडौं, २२ माघ । पृथ्वी राजमार्ग विस्तार भइरहँदा त्यसको विकल्पका रूपमा त्रिशूली परिपट्टि सडक निर्माणको योजना बनाइएको छ । राजमार्गको समानान्तरमा गल्छीदेखि विशालटारसम्म दुई लेनको सहायक सडक निर्माण गर्न लागिएको हो । पहिले नै ट्र्याक खुलिसकेको सडक भएकाले यसलाई स्तरोन्नति गरेर सञ्चालनमा ल्याउन समस्या नहुने सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए । स्थानीय निकायले अहिले नै गल्छीदेखि मलेखुसम्म ट्र्याक खोलेर सञ्चालनमा ल्याएको छ । त्यसलाई दुई लेन सडकका रूपमा विस्तार गरेर कालोपत्र गर्ने गरी तयारी अघि बढाइएको छ । उनले भने, ‘मलेखुबाट विशालटारसम्म पनि ट्र्याक खोल्न समस्या छैन ।’ नागढुङ्गा–मुग्लिन सडक सरकारले छ लेन विस्तारको तयारी गरिरहे पनि बजार क्षेत्रमा चार लेनभन्दा विस्तार गर्न नसकिने पाइएको छ । कतिपय स्थानमा भौगोलिक अवस्थाका कारण चार लेनमा विस्तार गर्न नसकिने अवस्था रहेको यो सडकलाई विकल्पका रूपमा अघि बढाइएको हो । ठाउँठाउँमा पुल रहेका र कतिपय बन्ने क्रममा रहेकाले...

    आजको लोकप्रिय

    default-addImage
    default-addImage