scheduleआइतवार भाद्र १ गते, २०७६

TAG

Tag: गाउँसभा
    स्थानीय तहले तोकिएको मितिमा गाउँसभा गर्न सकेनन्
    स्थानीय तहले तोकिएको मितिमा गाउँसभा गर्न सकेनन्
    गाउँसभा

    खोटाङ, १३ असार । जिल्लाका दश स्थानीय तहमध्ये पाँच स्थानीय तहले तोकिएको मितिमा नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन सकेनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार १० गतेभित्र अनिवार्य नीति तथा कार्यक्रम एवम् बजेट ल्याउन सर्कुलर गरे पनि ल्याउन नसकेको हो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका बराहपोखरी गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका, खोटेहाङ गाउँपालिका, साकेला गाउँपालिका र रावाबेँसी गाउँपालिकाले नीति तथा कार्यक्रम एवम् बजेट ल्याएका छैनन् । जिल्लाका दुई नगरपालिका र तीन गाउँपालिकाले तोकिएकै मितिमा नगर तथा गाउँसभा सम्पन्न गरेको छ । नीति तथा कार्यक्रम एवम् बजेटको सम्पूर्ण तयारी पूरा भए पनि विद्युत् प्राधिकरणमा काम परेर काठमाडौँ जानुपर्ने भएकाले असार १७ गते गाउँसभा गर्ने तयारी गरिएको साकेला गाउँपालिका प्रमुख अर्जुन खड्काले बताए । समायोजनले कर्मचारी अभाव हुँदा र तयारी नपुग्दा असार १६ गते नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरिएको खोटेहाङ गाउँपालिका प्रमुख प्रदीप राईले बताए...

    आजको लोकप्रिय

    Vianet
    default-addImage